जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने

भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक बिदाका दिन पनि सेवा प्रवाह गर्ने भएको छ । २०८० सालको बैशाख १ देखि चैत मसान्तसम्म सार्वजनिक बिदाको दिनहरुमा समेत केही सार्वजनिक सेवा नियमित रुपमा प्रवाह गर्ने प्रशाशनले निर्णय गरेको हो ।

सार्वजनिक बिदाको दिन भएपनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

वैशाख २२ गते उभौली पर्व तथा बुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १४ गते रक्षाबन्धन, असोज २८ गते घटस्थापना, पुस ९ गते क्रिसमस डे, पुस १० गते उभौली पर्व योमरी-ज्यापु दिवस तथा धान्य पुर्णिमा, पुस १५ गते तमु ल्होसार, पुस २७ गते पृथ्वी जयन्ती, माघ १ गते माघे संक्रान्ति, माघ २७ गते सोनम ल्होसार, फागुन १ गते जनयुद्ध दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २५ गते महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २८ गते ग्याल्पो ल्होसार र इद ऊल फित्र, इद उल अजहा जस्ता सार्वजनिक बिदाहरूमा सार्वजनिक सेवा प्रवाह भइरहने प्रजिअ रिजालले बताएका छन् ।

गुह मन्त्रालय, सिंहदरबार, काठमाडौको मिति २०५९/१२/०२ मा खण्ड ७२ संख्या ६५ नेपाल राजपत्र भाग ५ मा प्रकाशित सूचनामा तोकेका कार्यालयबाट तोकिए बमोजिमको सेवा प्रवाह हुने प्रशासनले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker