तनहुँको बन्दिपुर -२ कुकुर्दीमा माघ १ गते गोरु जुधाई प्रतियोगिता हुने
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिका-२ कुकुर्दीमा माघ १ गते गोरु जुधाईं प्रतियोगिता हुने भएको छ । नेपाल तरुण दल बन्दिपुर वडा नम्बर २ वडा समितिको आयोजना, नेपाली काँग्रेस बन्दिपुर वडा समिति र नारायण गोपाल युवा क्लबको सहयोगमा माघे संक्रान्तीको अवसरमा प्रतियोगिता गर्न लागेको हो ।
स्थानीय कृषकहरुलाई गोरु पाल्न र पशुवस्तुलाई आहार विहारमा मानिसको अझ बढी ध्यान पुगोस् भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको काँग्रेस वडा सभापति नारायण खड्काले जानकारी गराएका छन् ।
प्रतियोगतिामा करिब २० हल गोरु जुधाईने छ भने प्रथम हुनेलाई १५ हजार र द्धितिय हुनेलाई ७ हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको नेपाल तरुण दल बन्दिपुर वडा नम्बर २ का सभापति उज्वल गुरुङले बताएका छन् । कुकुर्दीमा विगत २ वर्ष अघिदेखि गोरु जुधाईं प्रतियोगिता हुँदै आएको छ ।










