जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

भञ्ज्याङ समाचारदाता/दमौली

जबरजस्ती करणी मुद्दामा तनहुँ अदालतबाट कैद सजाय तोकिएका एक प्रतिवादी २० वर्षछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका-२ उत्तरशीला टोल बस्ने ४८ वर्षीय विनोद शाक्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

निजलाई बुधबार सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । निज विरुद्ध तनहुँ अदाललते विसं २०६० असोज २८ गते पाँच वर्षकैद सजाय तोकेको थियो । निजलाई बुधबार अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker