पैदलयात्रा गरी देवघाटमा स्नानका लागि पुगेका भक्तजनलाई प्रवेश दिइयो (तस्विर सहित)

भञ्ज्याङ न्यूज

पछिल्ला केही दिन यता कोरोना भाइरस संक्रमण बढ्दै गएपछि तनहुँको प्रसिद्ध तीर्थस्थल देवघाटधाममा मकर स्नानका लागि आउने भक्तजनका लागि रोक लगाइएको थियो । स्थानीय प्रशासन तथा गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले शुक्रबार दिउँसो २ बजेदेखि शनिबार दिउँसो २ बजेसम्मका लागि देवघाट क्षेत्रलाई शिल गरेपनि शनिबार बिहान ८:३० बजेबाट खुल्ला गरिएको छ ।

माघे संक्रान्ति पर्वका अवसरमा मकर स्नानका लागि पैदलयात्रा गरी आएका भक्तजनलाई शनिबार बिहान ८:३० बजेदेखि प्रवेश दिइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी गराए ।

‘कोरोना कहरका कारण देवघाटमा बाहिरी जिल्लाबाट आउनेलाई प्रवेश निषेध गर्ने भनिएपनि पैदलयात्रामार्फ् आउनेलाई प्रवेश दिइएको छ’, उनले भने, ‘माघे संक्रान्ति पर्वका अवसरमा देवघाटमा वर्षोनी लाखौ भक्तजन आउने गर्दछन् । तर यस पटक कोरोना महामारीका कारण भक्तजन घटेका छन् ।’

‘निकै कम मात्र भक्तजनलाई प्रवेश दिएका छौ, कोरोना जोखिम रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर स्नान गर्न अनुरोध गरेका छौ’, उनले भने, ‘सवारी साधनलाई भने देवघाट प्रवेशमा निषेध गरिएको छ । गत वर्षरुमा संक्रान्तिको अघिल्लो रात धाममा भक्तजन दीपप्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने भएको भए पनि यस वर्ष ती सबै कार्यक्रम स्थगित गरिएको थियो ।’

तनहुँ र चितवनतर्फगरी करिब पाँच हजार भक्तजनले स्नान गरेको अनुमान गरिएको छ । प्रत्येक वर्षपाँच लाख भन्दा बढी भक्तजन आउने माघे संक्रान्तिमा पाँच हजार निकै कम भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

देवघाट गाउँपालिका-५ स्थित त्रिशुली नदी र कालीगण्डकी नदीको सङ्गम वेणीमा शुक्रबार बिहान बाँसको लिङ्गो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । माघे संक्रान्तिमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध मानिन्छ । गोसाइँकुण्डबाट बगेको त्रिशुली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको सङ्गम देवघाटको वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ ।

शास्त्रानुसार सौरमासको हिसाबले माघेसंक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फप्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker