एमाले अध्यक्ष ओलीले र्सर्वेन्द्रलाई शुभकामना दिँदै भने : सुन्दर तनहुँ घुम्न आउँछु
भञ्ज्याङ न्यूज

आगामि वैशाख १० गते तनहुँ निर्वाचन क्षेत्र नं. १ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनाललाई पार्टी अध्यक्ष केपी ओलीले शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उम्मेदवार र्सर्वेन्द्र खनाललाई शुभकामना दिंदै आफू तनहुँ आउने बताएका छन् । ओलीको उपस्थितिमा वैशाख ५ गते दमौलीमा चुनावी सभा गर्ने तयारी गरिएको छ ।
ओलीले भनेका छन्, ‘तनहुँ भन्नासाथ म बन्दिपुरबाट देखिने रमाइला दृश्यहरु सम्झन्छु । सम्झदा पनि मन आनन्दित हुन्छ । तनहुँ-१ मा वैशाख १० गते हुने उप-चुनावको प्रचार अभियानलाई मैले नियालीरहेको छु । नेकपा (एमाले)का र्सर्वेन्द्र खनाल सहित अरु उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । मलाई लाग्छ- तनहुँलाई कस्तो बनाउने भन्ने विषयमा उम्मेदवारहरुले ‘इमोसनल’ कुरा भन्दा पनि आफ्ना एजेण्डाहरु मतदाताहरुलाई बताउन् । मैले हाम्रो पार्टीका उम्मेदवार सर्वेन्द्रजीलाई पनि भनेको छु- यो केही दिन हल्लाखल्ला गर्ने र चुनाव जित्ने विषय मात्रै भयो भने त्यसले जनतालाई फाइदा गर्दैन । तर्सथ हामी आफ्नो कुरा गर्ने भन्दा धेरै जनताका कुरा सुनौं, धेरै भन्दा धेरै युवा मतदाताको सहभागितामा रचनात्मक कार्यक्रमहरु गरौं । समय मिल्यो भने सुन्दर तनहुँ घुम्न म फेरि पनि आउँछु है ।’










