मापदण्ड विपरित उत्खनन् गरिएको नदीजन्य सामाग्री सिल

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका-५ याम्पाघाटस्थित मर्स्याङ्दी नदी किनारमा मापदण्ड विपरित उत्खनन् गरी राखिएको नदीजन्य सामग्री गाउँपालिकाले सिल गरेको छ । नदीबाट मापदण्ड विपरित उत्खनन् गरी राखिएको ढुंगा, गिटी, बालुवा गाउँपालिकाले आइतबार सिल गरेको हो ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, वडा नम्बर ५ का वडाध्यक्ष ध्रुव लामिछाने, वडा नम्बर १ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठ सहितको टोलीले उक्त ठाउँको अनुगमन गरी मापदण्ड विपरित राखेको पाइएपछि सिल गरिएको हो ।

मर्स्याङ्दी नदी किनारमा आर्थिक वर्ष २०७८/०७९ का लागि गाउँपालिकाले तीन हजार एक सय घनमिटर उत्खनन्का लागि ठेक्का आहृवान गरेको थियो । तर मापदण्ड विपरित एक्साभेटर प्रयोग गरी १२ हजार एक सय घनमिटर ढुङ्गा, गिटी र बालुवा उत्खनन् गरेको पाइएको प्रवक्ता श्रेष्ठले बताए । गाउँपालिकाले केही दिन अगाडी मात्रै वडा नम्बर ६ स्थित साराङघाटमा रहेको क्रसर उद्योग पनि अनुगमन गरी सिल गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker