भानुको तनहुँ शारदा कलेजको अध्यक्षमा अधिकारी चयन
भञ्ज्याङ समाचारदाता (डुम्रे)

तनहुँको भानु नगरपालिकाको वडा नं. २ स्थित तनहुँ शारदा कलेजमा नयाँ कार्यसमिति चयन गरिएको छ । कालेजको सोमबार सम्पन्न आंठौ साधारण सभा तथा तेश्रो अधिवेशनले शम्भु अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
क्याम्पस सञ्चालक समितिको सदस्यहरुमा केशब प्रसाद अधिकारी, कृष्ण बहादुर घिमिरे, इश्वरी प्रसाद अधिकारी, सुदेश पौडेल र गोविन्द बहादुर अधिकारी रहेका र अन्य आवश्यक सदस्यहरू पछि मनोनित गरिने बताइएको छ ।
कलेजका अध्यक्ष आनन्दराज त्रिपाठीको सभापतित्वमा भएको कार्यक्रममा भानु नगरपालिकाका उपप्रमुख आशा थापा, भानु-२ का वडाअध्यक्ष अर्जुन बहादुर अधिकारी, संस्थापक अध्यक्ष नविन राज दाहाल, समितिका सदस्यहरू, अभिभावक, शिक्षक स्थानीय संघ संस्थाका प्रतिनिधिहरु एवं विद्यार्थीहरुले कलेजले समयानुकुल प्राविधिक र सीपयुक्त शिक्षा पठनपाठन गर्न ध्यान दिनुपर्ने बताएका थिए ।










