तनहुँ प्रहरीद्वारा लागुऔषध सहित एक पक्राउ

भञ्ज्याङ समाचारदाता/ दमौली

तनहुँको सदरमुकाम दमौलीस्थित भोर्लेटारचोकबाट लागुऔषध सहित एक व्यक्तिलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१४ भानुभक्त चोक बस्ने १८ वर्षीय सुन्दर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले गएराति पृथ्वीराजमार्गस्थित व्यास-२ भोर्लेटारचोकमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा विक पक्राउ गरेको हो । प्रहरीले निजको साथबाट २४३ चक्की नाइट्राभेट बरामद गरेको छ । पक्राउ परेकाविरुद्ध आइतबार तनहुँ अदालतबाट लागुऔषध मुद्दामा दश दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker