मृगौला रोगका बिरामी राज कुमारद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

तनहुँ : तनहुँको भानु नगरपालिका–५ निवासी ४२ वर्षीय राज कुमार परियार जटिल मृगौला रोगसँग संघर्ष गरिरहेका छन् । विगत केही महिनायता दुबै मृगौला खराब भई जीवन–मरणको दोसाँधमा रहेका परियार अहिले काठमाडौंस्थित नेशनल किड्नी सेन्टरमा नियमित डायलायसिस गराइरहेका छन् ।

परियारको जीवनरक्षा गर्नका लागि शीघ्र मृगौला प्रत्यारोपण आवश्यक रहेको चिकित्सकले जनाएका छन् । डायलायसिसमा मात्र निर्भर रहँदा दीर्घकालीन असर पर्न सक्ने भएकाले तुरुन्तै प्रत्यारोपण गरिनु पर्ने अवस्था रहेको चिकित्सकले जनाएका छन् ।

स्वास्थ्य उपचारमा संलग्न चिकित्सक डा. सञ्जीव आचार्यका अनुसार प्रत्यारोपणका लागि आवश्यक प्राथमिक तयारीहरू पुरा भइसकेका छन्, तर आर्थिक अभावका कारण उपचार प्रक्रिया अघि बढ्न सकेको छैन ।

उनको हप्तामा २ देखि ३ पटकसम्म डायलायसिस गर्ने गरिएको छ भने औषधी, नियमित हेमोग्लोबिन बढाउने इपिओ इन्जेक्सन, रेखदेख तथा अन्य आवश्यक खर्चहरू जोहो गर्न निकै समस्या परेका कारण विरामी परियार र उनका परिवारले सबैसंग आर्थिक सहयोगको अपिल गरेका छन् ।

परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचार खर्च जुटाउन असमर्थ हुँदा विरामी राजकुमारले इच्छुक सहयोगदाताहरुलाई उपचारमा सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् ।

इच्छुक सहयोगदातालाई राज कुमार परियारको नाममा माछापुर्च्छे बैंक लिमिटेडमा रहेको खाता नं. ००२०९४२५२०७००००१४ र यसै खाता नम्बरको बैंक क्यूआर स्क्यान गरी रकम जम्मा गरी सहयोग गर्न सकिने छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker