तनहुँका ४१ सहित आज १० हजार २५८ जनामा कोभिड संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार २५८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २२ हजार ८२८ नमुना (१७ हजार ८७२ पीसीआर र ४९५६ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । आजको दैनिक संक्रमण दर झन्डै ४५ प्रतिशत पुगेको छ ।

सोही अवधीमा ५६२ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । २ लाख १३ हजार जनाले आज कोभिडविरुद्धको खोप लगाएका छन् ।

सक्रिय संक्रमित संख्या ३९ हजार ४४ पुगेको छ । आज काठमाडौं उपत्यकामा मात्र ५५४९ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४००४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाको सक्रिय संक्रमित संख्या २४ हजार ५७६ छ । १२ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । ६ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दामाथि छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker