बन्दीपुरको पवित्रा माविमा बालिका शिक्षा कार्यक्रम

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालास्थित पवित्रा माध्यमिक विद्यालयमा बालिका शिक्षा कार्याक्रम सञ्चालन गरिएको छ । ‘रूम टु रिड’को बालिका शिक्षा कार्यक्रम अन्तर्गत इन्टरनेट तथा सामाजिक सञ्जाल सुरक्षित प्रयोगबारे जीवन उपयोगी सीप तालिम गरिएको छ ।

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र सूर्याेदय क्लबको व्यवस्थापनमा जीवन उपयोगि सीप सत्र कक्षा अवलोकन तथा अन्तरक्रियात्मक सहित कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जीवन उपयोगी सीप तालिम अत्यन्तै आवश्यक र प्रभावकारी भएको उल्लेख गर्दै यसबाट प्राप्त सिकाइलाई विद्यार्थीहरूले व्यवहारमा उतार्न सक्ने गरी सञ्चालन गर्न सुझाएका थिए ।

उनले इन्टरनेट तथा सामाजिक सञ्जाल सुरक्षित प्रयोगबारे जागरूकता फैलाउने यस्ता कार्यक्रमले विद्यार्थीलाई जिम्मेवार र सजग बनाउने विश्वास व्यक्त गर्दै समुदाय, विद्यालय र स्थानीय सरकारबीचको संयुक्त सहकार्यले मात्र बालिका शिक्षा र स्वास्थ्य सुरक्षामा दीर्घकालीन सकारात्मक असर पर्ने बताए ।

बन्दीपुरका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष शिवकुमार श्रेष्ठले तालिममा सहभागी छात्राहरूलाई यस्तो कार्यक्रमले उनीहरूलाई अझ खुला, आत्मविश्वासी र परिपक्क बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै सेनेटरी प्याडको गुणस्तर सुधारका लागि पालिकाले आवश्यक कदम चाल्ने उल्लेख गरे ।

बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले इन्टरनेट तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे दिइएको जीवन उपयोगी सीप तालिम अत्यन्तै उपयोगी रहेको बताउँदै विद्यार्थीहरूलाई सही मार्गदर्शन गर्न यस्ता कार्यक्रम निरन्तर आवश्यक हुने बताए ।

गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भीम लामिछानेले प्रशिक्षक र विद्यार्थीबीच अझ प्रभावकारी समन्वय हुनुपर्ने सुझाव दिंदै विद्यार्थीको भावना बुझेर कार्यक्रमलाई अझ सुदृढ र परिणाममुखी बनाउन आयोजक पक्षले ध्यान दिनुपर्नेमा सुझाए ।

कार्यक्रममा पवित्र माध्यमिक विद्यालयका प्राचार्य विष्णु न्यौपानेले इन्टरनेट तथा सामाजिक सञ्जालको सही प्रयोग सिकाउने यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई जिम्मेवारीपूर्ण डिजिटल नागरिक बन्न मद्दत गर्ने बताए । उनले विद्यालय र समुदाय दुवैले हातेमालो गर्दै छात्राहरूलाई सुरक्षित वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

यस्तै रूम टु रिडका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे, सूर्योदय क्लबको कार्यक्रम प्रबन्धक द्रोणाचार्य तिमल्सिना, कार्यक्रम अधिकृत लक्ष्मी नेपाल, कलावती बिमली, ममता कोइराला लगायतका प्रशिक्षक तथा सरोकारवाला व्यक्तिहरूले इन्टरनेट सुरक्षित प्रयोग, साइबर सुरक्षा, गोपनीयता जोगाउने तरिका तथा सामाजिक सञ्जालमा हुने जोखिमबारे प्रशिक्षण तथा सहजिकरण गरेका थिए ।

कार्यक्रममा ११ जना छात्राहरूले इन्टरनेटको सदुपयोग र दुरुपयोग दुवै विषयमा बहस गर्दै डिजिटल सुरक्षासम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेको बताएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker