बन्दीपुरमा भिरबाट लडेर पूर्व प्रहरी हवल्दारको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङका ७३ वर्षीय पूर्व प्रहरी हवल्दार खुदबहादुर आलेको भिरबाट लडेर मृत्यु भएको छ ।
शुक्रबार साँझ करिब ५:३० बजे आफ्न्तको विवाह समारोहबाट घर फर्किने क्रममा उनी भिरबाट लडी करिब १५० मिटर तल खसेका थिए । गम्भीर घाइते अवस्थामा रहेका आलेलाई स्थानीयले देखेपछि उपचारका लागि आबुँखैरेनी अस्पताल लगिएको थियो ।
टाउकोको दायाँ भाग र पछाडिको भागमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा राति १२:३० बजे चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय बन्दीपुर तनहुँले जनाएको छ ।
प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।