तनहुँ समाज हङकङद्वारा विद्यार्थीलाई भलिबल पोशाक

भञ्ज्याङन्यूज

तनहुँ समाज हङकङले जिल्लाका दुइ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई भलिबल पोशाक सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका-२ एक्लेखेतस्थित हंशवाहिनी मावि र वडा नम्बर १ नयाँगाउँ तलीपोखरीस्थित अमरज्योति माविका भलिबल विद्यार्थी टिमलाई पोशाक सहयोग गरेको हो ।

दुवै विद्यालयका सात/सात जना पुरुष र सात/सात जना महिला भलिबल खेलाडी गरी कूल २८ जनालाई २० हजार मूल्य बराबरको पोशाक सहयोग गरिएको समाजका पूर्व अध्यक्ष जंगबहादुर थापाले जानकारी दिए ।

हंशवाहिनी मावि प्रांगणमा मंगलबार आयोजित कार्यक्रममा पोशाक हस्तान्तरण गर्दै समाजका पूर्व अध्यक्ष भीमराज गुरुङले तनहुँ समाज हङकङ विद्यार्थीको शारीरिक विकासका लागि प्रतिबद्ध रहेको बताए ।

सो अवसरमा हंशवाहिनी माविका प्रधानाध्यापक कविराज खनाल र अमरज्योति माविका प्रधानाध्यापक ओमकारराज खनालले समाजले खेलकुदको विकासका लागि विद्यार्थीहरुलाई सहयोग गरेकोमा समाजप्रति सराहना व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker