क्षेत्रीय होटल संघ दमौली बजार इकाइमा नयाँ कार्यसमिति चयन
भञ्ज्याङ न्यूज

क्षेत्रीय होटल संघ तनहुँ दमौली बजार इकाईको नयाँ कार्यसमिति चयन गरिएको छ । इकाईको शुक्रवार दमौलीमा सम्पन्न ७औ अधिवेशनले शंकर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति र्सवसम्मत चयन गरेको हो ।
समितिको उपसभापतिमा भावना अधिकारी र बालकृष्ण आले, सचिव अनुप दाहाल, कोषाध्यक्ष सुजन अधिकारी र सह-कोषाध्यक्ष सीता पाहाडी चयन भएका छन् । समितिको सदस्यहरूमा देवी कुमारी थापा, विरजंग रायमाझी, विन्दु सेर्ढाई र भीष्म श्रेष्ठ चयन भएका छन् ।
यस्तै, इकाईको अधिवेशन उद्घाटन गर्दै क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशीले विश्व व्यापि रूपमा फैलिएको कोरोना भाइरसले होटल व्यबसायिलाई सबैभन्दा धेरै मार पारेको बताए ।

इकाईका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ, बरिस्ठ उपाध्यक्ष बिकास खनाल, महासचिव चन्द्रकुमार कायस्थ, बिज्ञान कैनी, लालप्रसाद तिमिल्सिना, बालकृष्ण आले लगायतले कोरोना भाइरसको संक्रमण फेरि बढ्दै गएकाले व्यवसायीहरुले आफ्नो स्वास्थ्य सुरक्षाको ख्याल गरी व्यवसाय सञ्चालन गर्न आग्रह गरेका थिए ।










