अवैध चिरान काठ सहित दमौलीमा एक जना पक्राउ

दमौली । तनहुँ प्रहरीले अवैध चिरान काठ सहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । घिरिङ गाउँपालिका–५ बस्ने २५ वर्षीय अवि बहादुर रानालाई काठ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
व्यास नगरपालिका–१ मिलनटोलस्थित छाब्दी सडकमा मनकामना चोकतर्फ आउँदै गरेको ग१त ४२४१ नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा अवैध चिरान काठ सहित निजलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।
प्रहरीले उक्त ट्याक्टरबाट ३१.६० क्युफिट (१२० थान) चिलाउने चिरान काठ बरामद गरेको छ । पक्राउ परेका चालक सहित काठलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय तनहुँमा बुझाइएको रायले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker