व्यास नगरपालिकाको स्थापना दिवसमा भादगाउँमा सरसफाई
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिका स्थापना दिवसका अवसरमा नगरपालिकाको वडा नं. १ क्षेत्रमा सरसफाई गरिएको छ । वडा नं. १ को भादगाउँ तथा विकास टोलको आयोजनामा टोल सरसफाई कार्यक्रम गरिएको हो ।
टोलका अध्यक्ष दिपक घिमिरेको नेतृत्वमा आयोजित सरसफाई कार्यक्रममा नगर उपप्रमुख इन्दिरा दरै, नगरपालिकाका लेखा प्रमुख हेमन्त गुरुङ लगायत टोलबासिको सहभागिता रहेको थियो ।

नगरपालिका स्थापना दिवस तथा नयाँ वर्ष २०८१ का अवसरमा टोलबासिहरुले टोलको मुल बाटो, भित्रीबाटो, गल्ली, पाटीपौवा, चौताराहरुको सरसफाई गरेको थियो ।
उक्त अवसरमा नगर उपप्रमुख दरैले नगर स्थापना दिवस र नयाँ वर्षो शुभकामना व्यक्त गर्दै सरसफाई जस्तो महान कार्यमा टोलबासीहरुको नै विशेष भूमिका रहेन हुँदा यस कार्यक्रमा सबैले हातेमालो गरी सहकार्य गर्नुपर्नेमा जोड दिइन् ।

यस्तै, टोलका अध्यक्ष दिपक घिमिरेले टोल भित्र जथाभावी फोहोर फाल्ने व्यक्तिहरुलाई ठोल विकास संस्था तथा नगरपालिकाको नियमानुसार जरिवाना तोक्ने निर्णय भएको जानकारी गराए ।










