जिल्लामै कोरोना संक्रमितको उपचार गर्न तयारी अवस्थामा अस्पताल र स्वास्थ्यकर्मी

भञ्ज्याङ समाचारदाता/दमौली

पछिल्ला केही दिने यता तनहुँमा पनि कोरोना भाइरस संक्रमण बढ्दो छ । समुदायस्तरमा संक्रमण फैलिएसंगै जिल्लामा संक्रमितको उपचारका लागि आवश्यक पूर्वाधारको व्यवस्थापनमा सम्बन्धित निकायहरु पनि लागि परेका छन् । कोभिड-१९ को पहिलो र दोस्रो लहरको संक्रमणका समयमा प्रयाप्त अक्सिजन उपलब्ध नहुँदा स्वास्थ्यमा गम्भिर समस्य देखिएका संक्रमितलाई जिल्ला बाहिरा उपचारका लागि पठाउनुपरेको थियो ।

अहिले जिल्लामै दुइ वटा अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन समेत सुरु भइसकेको छ । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतरा र दमौली अस्पतालले आफ्नै अक्सिजन प्लान्टबाट वेडसम्म अक्सिजन पुर्‍याएका छन् ।

केही मत्थरिएको कोरोना संक्रमण करिव तीन हप्तायता संक्रमितको संख्या ह्वत्तै बढेको छ । परीक्षण गरिएका बिरामीहरु मध्ये करिव ५० देखि ६० प्रतिशत बढि व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य कार्यालयद्वारा र्सार्वजनिक बिवरणमा देखाइएको छ ।

नागरिकस्तरबाट भएको लापरवाहीका कारण समुदायस्तरमा संक्रमण फैलिएसंगै अबको एकडेढ महिना संक्रमण उच्चदरमै बढ्न सक्ने चिकित्सकहरुको अनुमान छ । संक्रमण पुष्टि भएपनि संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेकाले संक्रिय संक्रमितहरुलाई स्वास्थ्य मापदण्ड पालना गरी होम आइसोलेशनमै बस्न सुझाएको स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले बताए ।

जिल्लाका स्वास्थ्य संस्था, स्थानीय पालिकाले तयार गरेका आइसोलेशनहरु अहिले खाली छन् । संक्रमितहरुको स्वास्थ्यमा अहिलेसम्म गम्भिर समस्य नदेखिएपनि तत्काल बिरामी आइहालेमा उपचार सेवा सहज बनाउन आवश्यक व्यवस्थापन मिलाइएको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, दुलेगौंडाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए ।

‘केन्द्रको आइसोलेशन अहिले खाली छ’, उनले भने, ‘तर, हामी तयारी अवस्थामा बसेका छौं । आइसोलेशनमा आवश्यक पर्ने डाक्टर, स्टाफ नर्स र सहयोगीलाई पनि सिफ्ट दिएर तयारी अवस्थामा बस्ने व्यवस्था मिलाएका छौं ।’

कोभिड-१९ को नयाँ भेरियन्टसंग त्रासित छैनन् स्वास्थ्यकर्मी

कोभिड-१९ (कोरोना भाइरस)को पहिलो र दोस्रो लहरका संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितको उपचारमा खटि्टदा त्रसित मनस्थितिमा नभएको केन्द्रकी नर्स रिना पौडेलले बताइन् । उनले भनिन्, ‘अघिल्लो लहरका संक्रमितको उपचारमा खटि्टदा रोगको बिषयमा प्रयाप्त जानकारी थिएन, आवश्यक पूर्वाधार, अक्सिजन अभाव, स्वास्थ्य सुरक्षाका सामाग्री प्रयाप्त नहुँदा मानसिक रुपमा त्रसित भई उपचारमा खटि्टएका थियौं ।’

‘पहिलो र दोस्रो लहर संक्रमणताका संक्रमितको उपचार गरी घर जाँदा घरपरिवार, घरबेटी र समाजले पनि छुट्टै व्यवहार गर्थे, कति स्वास्थ्यकर्मीहरुलाई घरबेटीले कोठामा बस्न समेत नदिएको हामीसंग तितो यथार्थ छ’, उनले भनिन्, ‘अहिले अवस्था फेरिएको छ । सबैले स्वास्थ्यकर्मीहरुलाई सम्मानजनक व्यवहार गर्न थालेका छन् । अस्पतालहरुमा भेन्टिलेटर, अक्सिजन तथा अन्य आवश्यक औषधी तथा उपकरणहरुको व्यवस्थापन भएकाले हामी ढुक्क भएर संक्रमितको उपचारमा खटि्टन तयारी अवस्थामा बसेका छौं ।’

‘पहिलो र दोस्रो चरणको कोरोना संक्रमणको समयमा पनि संक्रमितको सेवा गरिसकेको र अबको अमिक्रोन भेरियन्टका संक्रमितको उपचारका लागि पनि तयारी अवस्थामा रहेका छौं’, केन्द्रकी नर्स दिपा थापाले भनिन्, ‘कोरोना भाइरस बिरुद्धको खोप धेरैले लगाइसक्नुभएको छ, बुस्टर खोप अभियान पनि चलेको छ । त्यसैले संक्रमितमा स्वास्थ्यमा जटिल समस्यहरु नदेखिएकाले पहिलाको जस्तो समस्य झेल्नु पर्दैन जस्तो लागेको छ ।’

यस्तै, जिल्लाको दुलेगौडास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ३० वेडको कोभिड भवन छ । उक्त भवनमा ५ वटा भेन्टिलेटर सहितको आइसियु कक्ष, २५ वेडको एचडियु कक्ष लगायतका उपकरण जडान गरी भवन तयारी अवस्थामा राखिएको छ ।

जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा ४ वटा भेन्टिलेटर सहितको ७ वेडको आइसियु कक्ष र १५ वेडको आइसोलेशन तयारी अवस्थामा रहेको छ । गम्भिर प्रकृतिका संक्रमितहरुको संख्या बढ्दै गए आवश्यकता अुनसार वेड थप्न सकिने अस्पतालका प्रमुख सुनिल पौड्यालले बताए ।

जिल्लाका स्वास्थ्य संस्थाहरुमा प्रयाप्त जनशक्ति नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न समस्य खडा भएको प्रमुख पौड्यलले बताए । ‘संक्रमितहरु बढ्दै जाँदा स्वास्थ्यमा समस्य देखिएर अस्पताल आउनुपर्ने अवस्था भएमा उपचार सेवा प्रवाह गर्न समस्य आउने हो कि भन्ने चिन्तामा हामी छौं’, उनले भने, ‘सम्बन्धित निकायले आवश्यक जनशक्ति व्यवस्थापनमा समयमै ध्यान दियो भने जिल्लामै संक्रमितहरुको सहज उपचार सेवा प्रवाह गर्न सकिन्थ्यो ।’

यस्तै, स्वास्थ्य कार्यालय तनहुँले शनिबार र्सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा ८०१ जना कोरोनाका सक्रिय संक्रमित रहेका र संक्रमितहरु सबै होमआइसोलेसनमा बसेको जनाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker