तनहुँ उद्योग वाणिज्य संघद्वारा प्रहरी उपरीक्षकलाई स्वागत

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघले प्रहरी उपरीक्षक दिनेशराज मैनालीलाई स्वागत गरेको छ । संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले हालै तनहुँ सरुवा भई आएका प्रहरी उपरीक्षक मैनालीलाई संघ कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरेका हुन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य मंगलप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष शंकरलाल राजभण्डारी, प्रथम उपाध्यक्ष इमकुमार मल्ल, द्धितीय उपाध्यक्ष कुमार मल्ल, महासचिव सुबोध अधिकारी लगायतले स्वागत गरेका थिए । प्रहरी उपरीक्षक मैनालीले व्यवसायीहरुलाई सरकारले लागु गरेका नीति नियममा रही व्यवसाय सञ्चालन गरेमा सधै साथ दिने प्रतिबद्धता जनाए ।

यस्तै, संघले आमन्त्रीत सदस्य र कार्यसमिति सदस्य चयन गरेको छ । संघको मंगलबार बसेको बैठकले आमन्त्रित सदस्यमा रामकुमार पिया (डुम्रे), उपेन्द्र देवकोटा (आँबुखैरेनी), इश्वर बहादुर विष्ट (दमौली), सुर्यनाथ खनाल (दमौली) र कार्यसमिति सदस्यमा दमौलीका नविन बतासलाई चयन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker