तनहुँको व्यास-१३ को आगलागी पीडितलाई सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१३ को आपँस्वरामा शनिवार भएको आगलागी पीडितलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्वद्ध जनसंगठनहरुबाट राहत प्रदान गरिएको छ । विद्युत सर्ट भई एक्कासी आगलागी भएको प्रेम मगरलाई राहत रकम प्रदान गरिएको हो ।
शनिवार दिउँसो एक्कासी विद्युत सर्ट हुँदा प्रेम आलेको घरको भुइतल्लामा पुर्ण क्षति भएको छ । दिउँसो भएको आगलागिमा मानवीय क्षति भने भएन । आगलागिबाट करिव ३ लाख वरावरको सम्पति क्षति भएको पीडित परिवारले जनाएको छ । स्थानीय शिक्षक ललित पाण्डेको अग्रसरतमा नेकपा (एमाले) सम्वद्ध जनसंगठनका नेताहरु भुपेन्द्र कोईराला, तुलसी पाण्डे, नेकपा (एमाले) तनहुँका कार्यलय सचिव राजेश्वर ढकाल लगायतले पीडित परिवारलाई राहत स्वरुप ५ वोरा चामल, तेल, नुन लगायतका सहयोग गरेका छन् ।










