आँवुखैरेनीमा स्थानीय सीप र स्रोतलाई उत्पादनसंग जोड्न “घरेलु उद्योग”

भञ्ज्याङ समाचारदाता/आँवु

जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले स्थानीय स्रोत र सीपलाई उत्पादनसँग जोड्न घरेलु उद्योग सञ्चालनमा ल्याउन लागेको छ। स्थानीयस्तरमा उत्पादन हुने सामग्री र कृषि औजारका सामान उत्पादन गर्न गाउँपालिकाले रु दुइ करोड लगानीमा उद्योग स्थापना गर्न लागेको हो ।

गाउँपालिकाको मार्किचोकस्थित मर्स्याङ्दी बाँध नजिकै उद्योग स्थापनाको लागि गण्डकी प्रदेश सरकारसँग सम्झौता गरी प्रक्रिया अघि बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । गाउँपालिकाले मुख्यमन्त्री नवप्र्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत परम्परागत प्रविधिमा सुधारसम्बन्धी एकीकृत उद्यम विकास केन्द्र सञ्चालनका लागि परियोजनामार्फत सम्झौता गरेको हो ।

स्थानीय स्रोतबाट प्राप्त हुने कच्चापदार्थ र समुदायसँग भएको सीपलाई उत्पादनसँग जोड्दै आर्थिक क्षेत्रमा सबल बनाउने नीति लिइएको उहाँले बताउनुभयो । उद्योग सञ्चालनको लागि गाउँपालिकाले रु ६० लाख र परियोजनामार्फत रु एक करोड चालिस लाख लगानी गर्ने गरी सम्झौता भएको छ । उहाँले भन्नुभयो, “पहिलो चरणमा उद्योगमा रु दुइ करोडको लगानी हुनेछ ।”

उद्योग सञ्चालनमा ल्याएपछि पब्लिक प्राइभेट पार्टनसीप अन्तर्गत निजी संस्थासँग सहकार्य गरेर उद्योगलाई ठूलो रुप दिने दीर्घकालीन योजना रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथामिकतामा राखेर काम गर्दै आएको छ भने एक वडा एक उत्पादन कार्यलाई पनि सँगसँगै अघि बढाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker