नारेश्वर तालमा अन्नपूर्णको छाया

तनहुँको व्यास नगरपालिका–१० दुम्सिचौरस्थित नारेश्वर तालमा देखिको अन्नपूर्ण हिमालको छाया । करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको ताल पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । कृषि, पर्यटन, वातावरण र स्थानीय रोजगारीसँग जोडिएको बहुउद्देश्यीय आयोजनाका रूपमा विकास गर्ने लक्ष्यका साथ निर्माण गरिएको ताल वरपर आवश्यक पूर्वाधार विकाससँगै स्थानीय उत्पादन र व्यवसायलाई पनि जोड्दै लगिएको छ । व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त साझेदारीमा करिब चार करोड रुपैयाँको लागतमा ताल निर्माण गरिएको छ । तस्विर : भञ्ज्याङ










