स्थानीय निर्वाचन : एमाले भानुमा ७, घिरिङमा ५, देवघाटमा ६ जना आकांक्षी

भञ्ज्याङ समाचारदाता/दमौली

आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसंगै अहिले दलहरुलाई वडा र पालिकाको नेतृत्व गर्न इच्छुक आकांक्षी उम्मेदवारहरुको नामावली संकलन गर्न भ्याई नभ्याई भइरहेको छ ।

नेकपा एमाले तनहुँले पनि अहिले तनहुँका चार नगरपालिकाका प्रमुख, उपप्रमुख, छ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, ८५ वडाका अध्यक्ष तथा सदस्य पदमा आकांक्षा व्यक्त गर्नेहरुको नामावली संकलनमा लागि परेको छ ।

नामावली संकलन गर्ने क्रममा जिल्लाको भानु नगरपालिकाको प्रमुख पदमा ७ जना आकांक्षी अगाडि आएका छन् । उम्मेदवार चयन गर्ने सम्बन्धमा बुधबार आयोजित नगर कमिटीको बैठकमा ७ जनाले प्रमुख पदमा आकाक्षा व्यक्त गरेका छन् ।

यस्तै, उपप्रमुख पदका लागि ४ जनाले आकांक्षा व्यक्त गरेका छन् । बैठकले उम्मेदवार सिफारिस सम्बन्धी कुनै निर्णय गर्न नसकेपछि आकांक्षीहरुको नामावली जिल्ला कमिटी मार्फत प्रदेश कमिटीमा पठाउने निर्णय गरेको छ ।

भानु नगरको प्रमुख पद दाबा गर्नेहरुमा सुनिल पाण्डे, सीताराम बजगाई, हरिबहादुर पाण्डे, कलाकुमारी ढकाल, शंकर रानाभाट, कृष्णराज ढकाल र श्याम थापा रहेका छन् । यसअघि देखि मेयरको आकांक्षीको रुपमा र्सवाधिक चर्चा गरिएका नगर कमिटीका अध्यक्ष प्रेम रानाले इच्छा जाहेर गरेका छन् ।

यस्तै उपप्रमुखमा रुपा लामा, देवु विष्ट, भगवती देउजा र गिता अधिकारीले नाम दर्ता गराएका छन् । बैठकले नगर कमिटीका अध्यक्ष प्रेम रानाको संयोजकत्वका ५ हजार १ सदस्यीय चुनाव परिचालन मूल समिति गठन गरेको छ ।

यस्तै, घिरिङ गाउँपालिकाको अध्यक्ष पदका लागि पाँच जना आकांक्षी अगाडि आएका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेबाट वर्तमान अध्यक्ष रनबहादुर राना सहित गण्डकी प्रदेश कमिटीका सदस्यद्वय विष्णुभक्त सिग्देल र होमबहादुर थापा, गाउँपालिका कमिटीका अध्यक्ष विष्णुप्रसाद ढकाल र जिल्ला कमिटी सदस्य इन्द्र थापा अध्यक्ष पद दाब गर्दै अगाडि आएका छन् ।

यता देवघाट गाउँपालिकाको अध्यक्ष पदको आकांक्षा व्यक्त गर्दै ६ जना अगाडि आएका छन् । २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष, दुइ वडामा बिजयी भएको एमालेमा यस पटक गाउँपालिका अध्यक्षका उम्मेदवारको आकांक्षी भने धेरै देखिएका छन् ।

अध्यक्ष पदको आकाक्षा व्यक्त गर्दै हालका अध्यक्ष दुर्ग बहादुर थापामगर, जिल्ला कमिटी सदस्यद्वय बाबुराम अधिकारी, शिवराज पौडेल, गाउँ कमिटीका अध्यक्ष केशव चन्द्र न्यौपाने, गाउँ कमिटीका सचिव भिम बहादुर गुरुङ र ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ अगाडि आएका छन् ।

यस्तै, गाउँपालिकाको उपाध्यक्ष पदमा अनेम संघ देवघाट अध्यक्ष सावित्री न्यौपाने, अनेमा संघका जिल्ला सदस्य जुलिमायाँ सारुमगर र वडा नं. ५ का वडा सदस्य ठाकुर कुमारी काफ्लेले आकांक्षा व्यक्त गरेका छन् । आकांक्षी मध्यबाट आगामी २५ गते बस्ने गाउँ कमिटीको बैंठकले उम्मेदवार सिफारिस गर्ने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker