तनहुँमा डेंगु परीक्षणको शूल्क तोकियो

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा डेंगु परीक्षणको शूल्क तोकिएको छ । परीक्षणका नामा अत्याधिक शुल्क लिएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले ६ सय रुपैयाँ भन्दा बढि शुल्क लिन नपाइने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारीको छवि रिजालको अध्यक्षतामा मंगलबार बसेको सरोकारवालाको बैठकले डेंगुको परीक्षण गर्दा अधिकतम ६ सय रुपैयाँसम्म शूल्क लिन पाइने निर्णय गरेको हो ।

जिल्लाका विभिन्न अस्पताल, पोलिक्निक तथा स्वास्थ्य संस्थाहरुमा डेंगु परीक्षण गर्दा अत्याधिक शुल्क लिने उजुरी परेपछि प्रशासनको अगुवाइमा सरोकारवालाको बैठक बसेर डेंगु परीक्षणको शूल्क तोकिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

डेंगु परीक्षणकालागि तोकिएको भन्दा बढि शूल्क लिने गरेको उजुरीपछि बैठक अघि दमौली स्थित केही अस्पताल तथा क्लिनिकहरुको अनुगमन समेत गरिएको थियो । बैठकले डेंगु परीक्षण गर्ने किटको अभाव हुन नदिन र तोकिए भन्दा बढि शूल्क असुल उपर गर्न नदिनकालागि दमौली अस्पताल तथा स्वास्थ्य कार्यालयले नियमित अनुमगन गरी प्रतिबेदन पेश गर्नुपर्ने बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले जानकारी गराए ।

यस्तै, जिल्लामा डेंगु संक्रमण बढ्दो क्रममा रहेको हुँदा डेंगुको नियन्त्रण तथा रोकथामका लागि सबै निकायहरुले आपसी समन्वय र सहकार्य गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा सहायक प्रजिअ गैह्रे, प्रहरी उपरिक्षक अवदेश विष्ट, स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारी, दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बराल, व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती सहित दमौलीका केही नीजि अस्पतालका सञ्चालकहरुको सहभागिता रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker