नेकपा (माओवादी केन्द्र) बन्दिपुरका ६ वटै वडामा नेतृत्व चयन
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

नेकपा (माओवादी केन्द्र) बन्दिपुरका ६ वटै वडामा नेतृत्व चयन गरिएको छ । गाउँपालिकाको ६ वटै वडाहरुमा शनिबार वडा सम्मेलनबाट सर्बसम्वत रुपमा नेतृत्व सहितको कमिटी गठन गरिएको हो । वडा नं. १ मा अमृत शाहीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा लक्ष्मी थापा, सचिव अमर थापा, सहसचिव मनसरीफ मियाँ र कोषाध्यक्षमा संगिता राना सर्बसम्वत रुपमा चयन गरिएको छ । उक्त कार्यक्रममा नेकपा माओवादी गण्डकी प्रदेश सचिवालय सदस्य क्षितिज लामिछने र वडा नं. १ का वडाध्यक्ष भानुभक्त पोख्रेलले सम्बोधन गरेका थिए ।
वडा नं. २ को अध्यक्षमा सुशील कुँवरको नेतृत्वमा २८ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा पदम आले, सचिवमा सुक मग्राती, सहसचिवमा कुमार पौडेल र कोषाध्यक्षमा भगवती आले चयन भएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य गीता शाही रजिल्ला सदस्य सुदिन पौडेलले सम्बोधन गरेका थिए ।
यस्तै, वडा नं. ३ मा श्याम नेपालीको नेतृत्वमा २८ सदस्यीय कमिटी गठन चयन गरिएको छ । वडा कमिटीको उपाध्यक्षमा रेशम बहादुर थापा, सचिवमा शिव थापा, सहसचिवमा लाल बहादुर थापा र कोषाध्यक्षमा विकास थापा चयन भएका छन् । कार्यक्रममा जिल्ला सदस्य एवं बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले सम्बोधन गरेका थिए ।
वडा नं. ४ को वडा कमिटीमा महाबीर आलेको नेतृत्वमा २८ सदस्यीय कमिटी गठन गरिएको छ । उक्त कमिटीको उपाध्यक्षमा ब्लक आले, सचिवमा कृष्णचन्द्र भट्टर्राई, सहसचिवमा सुक बहादुर गर्जा र कोषाध्यक्षमा सुष्मा थापामगर चयन भएका छन् । कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष एवं जिल्ला सचिवालय सदस्य बिद्या क्षेत्री र जिल्ला सदस्य राजन भट्टर्राईले सम्बोधन गरेका थिए ।
त्यस्तै, वडा नं. ५ को वडा कमिटीमा छबिलाल घिमिरेको अध्यक्षतामा २८ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा भोजराज गुरुङ, सचिवमा सुरेश क्षेत्री, सहसचिवमा बिजय गुरुङ र कोषाध्यक्षमा मिनामाया सार्कीलाई चयन गरिएको छ । कार्यक्रममा बन्दिपुर गाउँपालिकाका सचिव जीवन कायस्थ र वडा नं. ५ का वडाध्यक्ष धु्रव लामिछानेले सम्बोधन गरेका थिए । वडा नं. ६ को वडा कमिटीका अध्यक्ष ज्ञानेन्द्र गुरुङको नेतृत्वमा २७ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा बिपीन थापा, सचिव हेमबहादुर गुरुङ, सहसचिवमा सन्तमाया परियार र कोषाध्यक्षमा दुर्गामाया थापा सर्बसम्वत चयन भएका छन्। कार्यक्रममा जिल्ला इन्चार्ज हरिबहादुर चुमान र जिल्ला सचिवालय सदस्य सिद्धान्त थापामगरले सम्बोधन गरेका थिए ।










