घिरिङका किसानलाई अनुदानमा कृषि उपकरण

तनहुँको घिरिङ गाउँपालिकाले नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदानअन्तर्गत रु. ७५ लाखको कृषि यान्त्रिकीकरण कार्यक्रममार्फत कृषकलाई कृषि उपकरण वितरण गरेको छ ।
कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा ३ अश्वशक्ति क्षमताका १०० वटा कम्बाइन मिल, ९ अश्वशक्ति डिजेल इन्जिनसहितका १२० वटा हाते ट्र्याक्टर तथा ७ अश्वशक्ति क्षमताका ६० वटा डिजेल इन्जिन वितरण गरिने भएको छ ।

यस कार्यक्रमले कृषि यान्त्रिकीकरणलाई थप प्रभावकारी बनाउँदै उत्पादन लागत घटाउन, श्रम अभावको समस्या न्यूनीकरण गर्न तथा कृषकको उत्पादनशीलता वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले जनाए ।
तस्विर : भञ्ज्याङ










