भानुलाई नमुना र समुन्नत बनाउने प्रतिवद्धताका साथ अगाडि बढे एमालेका उम्मेदवार बजगाई (प्रतिवद्धतापत्र सहित)
भञ्ज्याङ न्यूज

आसन्न स्थानीय निर्वाचनका लागि तनहुँको भानु नगरपालिकामा नेकपा एमालेबाट नगरप्रमुखको उम्मेदवार बनेका सिताराम बजगाई भानुलाई नमुना र समुन्नत बनाउने प्रतिवद्धताका साथ चुनावी मैदानमा उत्रिएका छन् । प्रबिधि मैत्री नगर निर्माण गर्न, ब्यबस्थित र योजनाबद्ध नमुना शहर बनाउने योजनाका साथ अगाडि बढेका उम्मेदवार बजगाईले जनताका आधार आवश्यकातालाई सहज र र्सवशूलभ ढंकले प्रवाह गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् ।
आर्थिक सुसासन, पारदर्शिता, जवाफदेही, मितब्ययी कायम गर्ने, कृषि उत्पादनमा आत्मनिर्भर बनाउने योजनाका साथ अगाडि बढेका नगर प्रमुखका उम्मेदवार बजगाईको सारथी उपप्रमुखको उम्मेदवार बनेका जोशी समुहका केशरबहादुर गुरुङ बनेका छन् । भानु नगरपालिकामा नेकपा एमाले र जोशी समुहको तालमेल गरी चुनावी मैदानमा उत्रिएका छन् । नगरपालिकाको १३ वटा वडा मध्य ११ वटामा एमाले र बाँकी २ वटा वडामा जोशी समुहलाई एमालेले सहयोग गर्ने भएको छ ।
‘आर्थिक, सामाजिक, भौतिक, वातावरणीय र सुशासनसहितको समृद्ध भानु नगर! भन्ने नाराका साथ अगाडि बढेका बजगाइले कृषि सहकारी वा कृषक समुह बनाई मूल्य अभिवृद्धि श्रृंखलामा कृषकहरुलाई सहभागी गराउने, कृषिलाई परिस्कृत बनाउन कृषकको जग्गाको कृषि प्रद्र्शनी स्थल बनाउने, नियमित रुपमा कृषि प्राविधिकबाट कृषकहरुलाई फिल्डमा नै कोचिङ्गको व्यवस्था गरिनेछ, उन्नत प्रजातिको विकासका साथै स्थानीय प्रजाति संरक्षण र जैविक खेती प्रवर्द्धन गर्ने, कृषि र पशु उद्यममा अनुदान र क्षमता विकास लगायतका सेवासहित युवा परिचालन गर्ने, बाली उत्पादनको पकेटक्षेत्र विस्तार गर्ने, सूचना, सञ्चार, साझेदारी, अनुसन्धान, प्रविधिमैत्री बनाइ कृषि उद्यमलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने, पालिकास्तरीय विउ बैंक, गोदाम तथा सेवा केन्द्र सञ्चालन गर्ने, वडको विशेशतानुसार अर्गानिक उत्पादनसहित १ पकेट क्षेत्र, १ अगुवा कृषक विकास गर्ने, विशेष योजनासहित किसान परिचय पत्र र किसान पेन्सन योजना लागु गर्ने, सुख्खा क्षेत्र व्यवस्थापन अवधारणा अनुशरण गर्ने, कृषिमा नविनतम र प्रोट्क्टेड प्रविधिको प्रवर्द्धन, उत्पादन आम्दानी र रोजगारीमा व्यापक उर्त्र्सजन गर्ने, नगरबाटै पशु बिमा र पशु सेत्केरी स्याहार व्यवस्थापन गर्ने, सिँचाइ कुलो, बाँध निर्माणमा उच्च प्राथमिकता, कृषकलाई उन्नत विउ, मल र बिना व्याजमा सरल तरिकाबाट अनुदान उपलब्ध गर्ने, चक्रिय प्रणालीमा विना धितो उद्यमशील कृषि ऋण तथा अनुदानको व्यवस्था गर्ने, समभाव्यताको आधारमा जग्गा विकास योजना लागु गर्ने, कृषि अनुदानको सदुपयोग, सहुलियत ऋण पाए नपाएको, उत्पादनको उचित मूल्य पाए नपाएको जस्ता विषयको अनुगमन र निगरानी गर्ने, व्यवसायिक उत्पादनमा वृद्धि भानुको समृद्धि नारालाइ कार्यान्वयन गर्ने गरी कृषि क्षेत्रका प्रतिवद्धता अगाडि ल्याएका छन् ।
उम्मेदवार बजगइले वैज्ञानिक, व्यवसायकि जीवन उपयोगी शिक्षाका लागि परिस्कृत पञ्चवर्षीय शिक्षा योजना निर्माण गरी शिक्षाको गुणस्तरमा व्यापक परिवर्तन गर्ने, कम्तिमा एउटा प्राविधिक धारको माध्यमिक तहको विद्यालय स्थापना र बहुविधामा कक्षा सञ्चालन, प्राविधिक सीप तथा व्यवसायिक तालिम प्रदान गर्ने व्यवस्था, त्यसबाट लाभान्वित हुने संख्या, रोजगारीको विकास गर्ने, सामुदायिक विद्यालय शिक्षाको गुणस्तर सुधारका योजना तथा शिक्षामा लैङ्गकि समानता, विद्यालय छोड्ने दरमा गर्ने सुधार र परिवर्तन, नयाँ विद्यालय निर्माण, पुस्तकालयको व्यवस्था (इ-लाइब्रेरी समेत), खेलकुद मैदान निर्माण, थप विद्यालय कक्षा कोठा, विधार्थीका निश्चित अनुपातमा शिक्षकको व्यवस्था, बालमैत्री शौचालयको व्यवस्था, स्यनिटरी प्याडको नियमित र भरपर्दो वितरण, बालिका छात्रवृत्ति, कम्तीमा एक स्वास्थ्य परिचारिकाको व्यवस्था एवं प्रोत्साहन कार्यक्रम, सबै वस्तीहरुमा पहुँचमा श्रोतपूर्ण बालमैत्री र आकर्ष बालविकास केन्द्र स्थापितगर्ने, सबै बालबालिकालाई शिक्षामा पहुँको उपयुक्त बालमैत्री वातावरण सहित सुनिश्चित गर्ने, बाल मैत्री स्थानीय शासन कार्यक्रम सबै वडाहरुमा लागु गर्ने, आधारभुत र माध्यमिक तहको व्यवस्थापन सबै विद्यालयमा आधारभूत खेलमैदान निर्माण गर्ने लगायतका शिक्षा क्षेत्रको प्रतिवद्धता अगाडि ल्याएका छन् ।

यस्तै, खेलकुद शिक्षकको व्यवस्थापन गरी विद्यालय स्तरदेखि नै खेलकुद तालिम सञ्चालन गर्ने, शारीरिक तन्दुरुस्ती र मानसिक स्पूर्तिका लागि सबै पूर्वाधारलाई खेलप्रति आकर्षण गर्ने, १६ देखि २६ वर्ष उमेर समूहका युवाहरुको प्रतिभा पहिचान र प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, युवाहरुमा व्यवसायिक सीप विकास गर्राई, उद्यमशील र आत्मनिर्भरको अभियान मार्फ युवाहरुमा ‘उद्यमी युवाहरुको नगर भानु नगर’ निर्माण गर्ने, शिक्षक र शिक्षण संस्था शान्ती क्षेत्र बनाउने, टोल विकास संस्थाहरु मार्फ उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गर्ने, कुहिने र नकुहिने फोहोर घरघरमा छुट्याउने व्यवस्था मिलाइ दिगो सरसफाइको उत्तम विकल्प कार्यान्वयन गरिगर्ने, फोहोर मैला व्यवस्थापनको गुरुयोजना तर्जमाबाट दीर्घकालिन समाधान निकालिने, फोहोर मैला संकलन प्रशोधन, पुनःप्रयोग तथा व्यवस्थापनमा सार्वजनिक, निजी साझेदारी विधि अपनाउने प्रतिवद्धता जनाएका छन् ।
यस्तै, स्वास्थ्य नागरिक नगरको धन, घरदैलो स्वास्थ सेवा हाम्रो प्रण भन्ने उद्घोषका साथ स्वास्थ्य क्षेत्र तर्फ समयसमयमा स्वास्थ्य सेवा शिविर सञ्चालन, प्रजनन् स्वास्थ्य, पोषण सेवा सम्बन्धी कार्य गर्ने, सहकारी स्वास्थ्य सेवाको स्थापना तथा विस्तार एवं निजी क्षेत्रको स्वास्थ्य सेवाको लागत र गुणस्तर नियमित अनुगमन गर्ने, ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा जोड्ने, स्वास्थ्य केन्द्र तथा अस्पतालबाट निःशुल्क वितरण हुने औषधीको अनुगमन, विपन्न तथा अपाङ्गता भएका व्यक्तिको सहज औधोपचारको प्रबन्ध गर्ने, पुरानडिही र कालिमाटी अस्पताललाई डजीटल एक्स रे, अल्ट्रासाउण्ड, इ.सि.जी. र मेडिकल ल्यावरेटोरी सहित चौबिसै घण्टा स्वास्थ्य सेवा प्रदान हुने गरी बन्दोबस्त मिलाउने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
पूर्ण सरसफाई नगर घोषणा योग्य बनाउने, प्रत्येक वस्ती र समुदायमा प्रभावनकारी स्वास्थ्य सेवाको विस्तार गर्ने, वालबालिकाको लागि सुनौलो हजार दिन कार्यक्रम लागु गर्ने, तत्काल चुँदी, फाउदी नाउदी, पाउदी लगायतका सबै नदि खोलामा तटबन्ध निर्माण गरी जन र धन दुवैको संरक्षण सुनिश्चितता गर्ने, अग्ला डाँडा र थुम्काहरुमा आकासेपानी संकलनको पूर्वाधार निर्माण गर्ने, भूमिगत पानीको उपयोग सम्बन्धी कानुन निर्माण, नियमन र व्यवस्थापन गर्ने, गुणस्तरीय र सुरक्षित पानी हाम्रो जीन्दगानी भन्ने नारा साकार पार्ने, सबै वस्ती तथा सडकहरुमा सडक बत्तीको प्रवन्ध गरि उज्यालो सडक उज्यालो बस्ती, उज्यालो नगर निर्माण गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
नगर क्षेत्रमा सहज, सुलभ र भरपर्दो नगर यातायात सञ्चालन गर्ने, सबै बस्ती टोलहरुमा कालोपत्रे सडक सञ्जालले जोडी प्रत्येक नागरिकलाई स्तरीय सडक उपभोत्ताको सुनिश्चितता गर्न पहल गर्ने, सडकपेटी, गोरेटो र पैदल मार्ग निर्माण गर्ने, नगर क्षेत्रका हकमा ट्राफिक व्यवस्थापन सम्बन्धी कार्यहरु, ग्रामीण क्षेत्रका हकमा सडक सुरक्षा, दुर्घटना रोकथामका कार्यालाई प्राथमिकताका साथ अगाडि बढाउने नगरप्रमुखका उम्मेदवार बजगाइले प्रतिवद्धता जनाएका छन् ।
पर्यटकीय गन्तव्य पहिचान आवधिक योजना निर्माण गरी साहसिक, धार्मिक, साँस्कृतिक, एग्रो टुँरिजम र साहित्यिक टुरिजमको हबका रुपमा विकास गर्ने, थानीको थान र भाषिक एकिकरणको प्रणेता भानुभक्तलाई विश्वभरका हिन्दु धर्मालम्बी एंव नेपाली भाषीहरुको गन्तव्य स्थल बनाउने, वनलाई जीविको पार्जनसँग जोडी बैज्ञानिक वन व्यवस्थापन गर्ने, सहकारीलाई उद्यमशील श्रेत्रमा लगानी गर्न प्रोत्साहनमूलक कार्य गर्ने, सम्भाव्य र आवश्यक स्थानहरुमा बाल उद्यान र पार्क निर्माण गर्ने, वस्ती विकासको कार्यान्वयन योग्य योजना तर्जुमा गरी कम्तीमा छ वटा व्यवस्थित शहर निर्माण गरी व्यवस्थित वसोबासको उत्कृष्ट नमूना र सुन्दर शहर निर्माण गर्ने, भानु स्मृती पार्क, शहिद पार्क र कुसुण्डे पार्कलाई गुरुयोजना अनुरुप आकर्ष बताउने, रोजगारी सुनिश्चतताका लागि युवा स्वरोजगार कार्यक्रमलाई परिमार्जन सहित युवामैत्री बनाउने, ज्येष्ठ नागरिक, असाहय, अपाङ्ग एकल महिला लगायतको सामाजिक सुरक्षा भत्ता पायक पर्ने स्थानमा र्सवसुलभ रुपमा वितरणको व्यवस्था मिलाउने प्रतिवद्धता जनाइएको छ ।
यस्तै, कृषि योग्य भूमिको खण्डिकरणलाई निरुत्साहित गर्दै निजी, समुहगत तथा सहकारी मार्फ गरिने चक्लाबन्दी खेतीलाई प्रोत्साहन र अनुदानको व्यवस्था गर्ने, सुविधा सम्पन्न कृषि बजार (कृषि मण्डी) स्थापना र व्यवस्थित सञ्चालन गर्ने, सबै वडाका कार्यालय जग्गा तथा भवन निर्माण गर्ने, जनसेवामा समर्पित संस्कार युक्त कर्मचारी प्रशासनको विकास गर्ने उम्मेदवार बजगाइले प्रतिवद्धता जनाएका छन् ।










