तनहुँको छिम्केश्वरीमा परेको हिमपात तस्बिरमा
तस्बिर सौजन्य : सूर्यमान सिङ्ग गुरुङ

तनहुँको छिम्केश्वरी डाँडामा वर्षौपछि हिमपात भएको छ । बिहिबार साँझबाट परेको झरिसंगै शुक्रबार बिहानदेखी हिमपात भएको हो ।
आँवुखैरेनी गाउँपालिकाको वडा नं. ५ अवस्थित छिम्केश्वरी तनहुँ जिल्लाको अग्लो पहाड हो । समुन्द्रि सतहबाट २ हजार १३४ मिटर उचाइमा फैलिएको यो पहाड प्राकृतिक, धार्मिक हिसावले महत्वपूर्ण र रमणीय छ ।
छिम्केश्वरी डाँडामा वर्षौपछि हिमपात भएको वडाध्यक्ष पञ्चबहादुर गुरुङले बताए । उनका अनुसार यसभन्दा अगाडी धेरै वर्षपहिला हिउँ परेको थियो । लामो समयपछि हिउँपर्दा छिम्केश्वरी डाँडाको दृष्य नै निकै मनमोहक देखिएको छ ।

छिम्केश्वरी मन्दिर भन्दा केही तल रहेको ठूल्ढुङ्गी भन्ने ठाउँमा हिमपातले डाँडा सेताम्य भएको र बस्ती नभएको ठाउँमा हिउँ परेर डाँडा सेताम्य देखिएको वडाध्यक्ष गुरुङले बताए ।











