डुम्रेस्थित चुँदीखोलामा सरसफाई

तनहुँको बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाको सिमाना डुम्रेस्थित चुँदी पुल वरपर शनिबार बिहान गरिएको सरसफाईमा संकलित फोहोर । डुम्रे बजार क्षेत्रका बासिन्दाले अव्यवस्थित रुपमा चुँदी पुल वरपर फोहोर फाल्दा दुर्गन्धित बन्दै गएपछि व्यास-२, दमौली निवासी महम्मद गफ्फार (सुदिप)ले एकल रुपमा सरसफाई गरेका हुन । गफ्फरले दमौली बजार लगायत विभिन्न र्सार्वजनिक स्थलमा एकल रुपमा सरसफाई अभियान सञ्चालन गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ