मिर्गौलापीडित रानाको सहयोगमा जुट्दै वाइसीएल

व्यासनगरपालिका–१४ निवासी १९ वर्षीय खुश्बु रानाको उपचारका लागि वाइसीएल नेपाल व्यासनगर कमिटी तनहुँले आर्थिक स्रोत जुटाउन थालेको छ । खुश्वु राना बचाउ अभियान नै थालेर वाइसीएलले विभिन्न सङ्घसंस्था र व्यक्तिबाट गरी हालसम्म रु एक लाख ७० हजार सङ्कलन भएको जनाएको छ ।

केही समयदेखि रानाको दुवै मिर्गौलामा खराबी आएपछि उहाँको जीवनरक्षाका लागि अर्थ सङ्कलन थालिएको वाइसीएल व्यास नगर कमिटीका अध्यक्ष निर्दोष भट्टराईले जानकारी दिनुभयो । अर्थावस्था नाजुक रानाको उपचारका लागि नेपाली सेना, नेपाल प्रहरी, सिङ्गापुरे पुलिस, भारतीय सेनामा कार्यरत तथा विभिन्न सङ्घसंस्था र व्यक्तिको सहयोगमा उक्त रकम सङ्कलन भएको उहाँले बताउनुभयो ।

सङ्कलित रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिने भएकाले सहयोग जुटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । राना बचाउ अभियानमा व्यासनगरपालिका–१ स्थित अडमपानी टोल विकास संस्थाबाट रु ४२ हजार ९६५, नेपाली सेनाका श्रीमतीहरूको समूहबाट रु १३ हजार, सिङ्गापुरे पुलिसमा कार्यरत सन्दीप मगरबाट रु १० हजार, कीर्ति मगरको सक्रियतामा रु १० हजार र नीरज मगरबाट रु १० हजार आर्थिक सहयोग प्राप्त भएको छ ।

त्यसैगरी व्यास–१४ निवासी आज थापा र अमृत आलिसेबाट रु छ हजार ३३३ गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमानबाट रु पाँच हजार, इन्डियन आर्मीमा कार्यरत अमृत गुरुङबाट रु पाँच हजार, आँबुखैरेनी वाइसीएल गाउँ कमिटीबाट रु पाँच हजार सहयोग प्राप्त भएको छ ।

त्यसैगरी व्यास–१ भादगाउँ निवासी सन्दीप क्षेत्रीबाट रु पाँच हजार १२१, श्रीकला ब्यूटीपार्लर सञ्चालिका सिजिका थापा मगरबाट रु पाँच हजार, माओवादी व्यास नगर कमिटीका सहसचिव हर्कबहादुर थापाबाट रु पाँच हजार आर्थिक सहयोग प्राप्त भएको छ । माओवादी गण्डकी प्रदेश सदस्य शुक्र चुमानबाट रु पाँच हजार, सुमती थापाबाट रु पाँच हजार, बन्दीपुर गाउँपालिका उपाध्यक्षबाट रु पाँच हजारलगायतका विभिन्न व्यक्तिबाट रु एक हजारदेखि रु पाँच हजारसम्म सहयोग प्राप्त भएको वाइसिएल नेपाल व्यासनगर कमिटीले जनाएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker