तनहुँ प्रहरीद्वारा विभिन्न मुद्दाका १७० जना फरार प्रतिवादी पक्राउ

  • भञ्ज्याङ समाचारदाता दमौली 

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । गत तीन महिनादेखि तनहुँ प्रहरी अभियानकै रुपमा अगाडि बढी फरार प्रतिवादीहरुलाई पक्राउ गर्न थालेको हो । जिल्ला अदालतबाट फैसला भई दण्डजरिवाना, दसौदी, कोर्ट फि र सरकारी विगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरीले गत असार महिनाको दोश्रो सातादेखि खोजी कार्यलाई तीब्रता दिंदै आएको छ ।

विशेष अभियानका साथ अगाडि बढेको तनहुँ प्रहरीले असारदेखि हालसम्म १७० जना फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । उनले भने, ‘पक्राउ गरिएकाहरुबाट ५४ वर्ष ४ महिना कैद र करिब २५ लाख रुपैयाँ जरिवाना असुल भएको छ ।’

‘समाजमा अपराधजन्य घटनालाई निरुत्साहित गर्दै दण्डहिनताको अन्त्य र गल्ती गरेपछि कारवाही भोग्नैपर्छ भन्ने सन्देश दिनुका साथै अदालतको फैसलालाई कार्यान्वयन गराउन यो अभियान उपलब्धी मुलक बनेको छ’, प्रहरी उपरीक्षक पौडेलले भने, ‘जिल्लामा फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिने छौ ।’

नागरिकता किर्ते, बहुविवाह, लागुऔषध, घरेलु हिंसा, फौजदारी, कुटपिट, जालसाजी लगायतका मुद्दाका प्रतिवादीलाई पक्राउ गरिएको र पक्राउ परेकामध्ये अधिकांश तोकिएको जरीवाना तिरेर छुटेका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए । उनले भने, ‘कैद सजाय भएका प्रतिवादीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।’

यस्तै, नेपालीको ठूला चार्डपर्वहरु नजिकिएसंगै ग्रामीण तथा शहरी क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाउँदै लगेको छ । जिल्लाको आँवुखैरेनी, डुम्रे, भन्सार, दमौली, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रे, भिमाद लगायतका बजार क्षेत्रमा हेल्पडेस्क सञ्चालन गरी कोभिड-१९ को संक्रमण जोखिम तथा चार्डपर्वमा हुने चोरी, लुटपाट जस्ता अपराधजन्य घटना न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।

प्रहरीले फरार प्रतिवादी पक्राउ गर्नका लागि विशेष टोली नै बनाएको छ । कोभिड-१९ का कारण भएको बन्दाबन्दीले धेरैजसो घरमै रहेकाले पनि फरार प्रतिवादी पक्राउ गर्न सहज भएको प्रहरीको भनाई छ । यस्तै, चार्डपर्व नजिकिएको र अहिले कोभिड-१९ संक्रमणको जोखिम पनि बढ्दै गएकाले सुरक्षा र स्वास्थ्य सावधानिमा सचेत बनिदिन तनहुँ प्रहरीले आग्रह गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker