वार्षिकोत्सवको अवसरमा पानीको धारा जडान

भञ्ज्याङ समाचारदाता/दमौली

डुम्रे बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गरी १५औं वार्षिकोत्सव मनाएको छ । सहकारीका अध्यक्ष रामकुमार पियाको अध्यक्षतामा मंगलबार चियापान तथा शुभकामना आदानप्रदान गरिएको छ ।

यस्तै, सहकारीले वार्षिकोत्सवका अवसरमा बन्दिपुर-१ डुम्रे स्थित डुम्रे साँस्कृतिक युवा क्लवलाई ५० हजार रुपैयाँको लागतमा खानेपानीको धारा जडान गरी स्वामित्व हस्तान्तरण गरेको सहकारीका कार्यालय प्रमुख अच्युत सुवेदीले बताए ।

सामाजिक उत्तरदायित्व अन्तरगत सहकारीले धारा निर्माण गरी संरक्षण तथा सञ्चालनका लागि क्लवलाई स्वामित्व हस्तान्तरण गरिएको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker