तनहुँको गुणादीमा दुर्घटना : मोटरसाइकल चालकको मृत्यु

दमाैली। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बुधबार दिउँसो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ बस्ने २४ वर्षीय सरोज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ९३९९ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको ग१७प ५१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पौडेल गम्भीर घाइते भएका थिए । घाइते पौडेललाई प्रदेश अस्पताल दमौलीमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

सवारी चालक तनहुँको शुक्लागण्डकी-१० बस्ने ३४ वर्षीय तारापति शर्मा जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker