दाजुभाई नभएपछि आफैंले गरिन् पोखराकी जुना नेपालीले बुबाको काजकिरिया

पोखरा : हिन्दु परम्परा अनुसार नेपाली समाजमा आमाबाबाको मृत्यु पछि छोराहरुले काजकिरिया गर्ने परम्परा रहिआएकोमा पोखराकी जुना नेपालीले आफ्नो बुबाको अन्त्येष्टी कर्म सँगै विधिवत् रुपमा काजकिरिया गरेकी छन्।

पोखरा महानगरपालिका ५ मालेपाटन जिरोकिलोमिटरका डिलबहादुर नेपालीको मृत्यु भएपछि छोरा नहुँदा अविवाहित कान्छी छोरीले दाहसंस्कार सहित विधिवत् रुपमा काजकिरियामा बसेकी हुन्।

आफ्ना दाजुभाई नभएको अवस्थामा बुबाको काजकिरिया कसले गर्ने, कसरी गर्ने जस्ता कुरामा परिवारिक सदस्य र इष्टमित्रहरु विच छलफल भएपछि उनी स्वयंले नै परम्परा र संस्कार अनुरुप नै बुबाको काजकिरिया गरेको उनले बताईन्। छोराले गर्ने हुने सबैकाम छोरीहरुले गर्न हुने काजकिरिया गर्न नहुने काँही लेखिएको छैन भन्ने बुझेरै आफुले जिम्मेवारी लिएको पनि उनले बताईन्।

अविवाहित छोरी छोरासरह नै हुने र बाँचुञ्जेल बुबालाई सेवा गरेकाले मृत्यु पछिको सेवामा पनि आफ्नो हक रहने भएकाले आफु अघि सरेको समेत उनी बताउँछिन्। अन्त्येष्टीका क्रममा बुबालाई दागबत्ति समेत उनले नै दिएकी हुन्। डिलबहादुरका एकछोरा कृष्ण बिरामी भई २० वर्षअघि निधन भएपछि उनका तीन छोरीहरु मात्रै रहेका हुन्। आफ्नो भदौ १२ गतेदेखि छोरासरह किरियामा बसेकी उनी आईतबारसम्म १०औं दिन किरियामा रहने छिन्। उनी सँगै आमा न्यु कुमारी नेपाली, दिदीहरु मिठु र सुनिता पनि संस्कार अनुरुप किरियामा बसिरहेको उनले बताईन्।

२००९ साल फागुन ११ गते जन्मिनु भएका नेपालीको ७४ वर्षको उमेरमा निधन भएका नेपाली समाजसेवी र मिजार समाजका अगुवा रहेको मिजार समाज गण्डकी प्रदेशका अध्यक्ष शालिकराम नेपाली बताउँछन्। उनले मिजार समाजलाई संस्थागत रुपमा अघि बढाउन कास्की जिल्ला शाखालाई पोखरामा जग्गादान गर्नुका साथै विभिन्न समयमा संस्थागत जिम्मेवारीमा रहेर योगदान पुर्याएको पनि उनले बताए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker