प्रेस चौतारी तनहुँद्वारा प्रतिनिधि छनौट

भञ्ज्याङ समाचारदाता/दमौली

प्रेस चौतारी नेपाल तनहुँले गण्डकी प्रदेश र केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छनौट गरेको छ । चौतारीको विहीबार बसेको बैठकले गण्डकी प्रदेशको यही फागुन २१ गते हुने अधिवेशन र फागुन २७ र २८ गते हुने महाधिवेशनको लागि तनहुँबाट प्रतिनिधि छनौट गरिएको हो ।

प्रेस चौतारी तनहुँले प्रदेश अधिवेशनको लागि खुल्ला तर्फ जिल्ला सचिव ऋषीकान्त दुवाडी र सहसचिव किरण श्रेष्ठ र महिला तर्फ उपाध्यक्ष सम्झना रसाइली, सहसचिव सुनीता आचार्य र सदस्य शर्मिला विश्वकर्मालाई प्रदेश प्रतिनिधिका रुपमा चयन गरेको छ ।

यस्तै, बैठकले केन्द्रीय महाधिवेशनको लागि खुल्ला तर्फ पुर्व अध्यक्ष प्रेमप्रसाद पौडेल र उपाध्यक्ष कृष्ण न्यौपाने तथा महिलाबाट उपाध्यक्ष सम्झना रसाइली र सहसचिव सुनीता आचार्यलाई केन्द्रीय प्रतिनिधिको रुपमा छनौट गर्ने निर्णय भएको प्रेस चौतारी तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ विविले बताए ।

उक्त दुबै अधिवेशनमा जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु प्रकाशचन्द्र भट्टराइ, नारायण खड्का र समुन्द्र पौडेल तथा केन्द्रीय अनुशासन आयोगका सदस्य त्रिभुवन श्रेष्ठ आयोजकको रुपमा स्वतः प्रतिनिधि हुने छन् ।

त्यस्तै, बैठकले यही फागुन १३ गते शुक्रबार प्रेस चौतारीका सदस्यहरु विच हार्दिकता र सौहार्दताको लागि बनभाजे गर्ने निर्णय समते गरेको सचिव दुवाडीले बताए । शाखा अध्यक्ष राकजुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, चौतारीका सल्लाहाकार संयोजक एवं बरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी लगायतले प्रेस चौतारीको भूमिकाका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker