त्रिवि उपकुलपतिद्वारा आदिकवि भानुभक्त क्याम्पसको अनुगमन

दमौली : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा तथा परीक्षा नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेलले शनिबार तनहुँको व्यास नगरपालिका–१, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको अनुगमन भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनिहरुले क्याम्पसको शैक्षिक गतिविधि, भौतिक पूर्वाधार तथा समग्र व्यवस्थापनको स्थलगत अवलोकन गरेका थिए ।
अनुगमनपछि क्याम्पसमा आयोजित छलफलमा उपकुलपति प्रा.डा. थापाले त्रिभुवन विश्वविद्यालय शैक्षिक सुधार, गुणस्तर अभिवृद्धि तथा विश्वविद्यालयको विकेन्द्रीकरणलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । उनले गण्डकी प्रदेशका विद्यार्थीलाई सहज हुने गरी पोखरामा छिट्टै प्रदेशस्तरीय दीक्षान्त समारोह आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार क्याम्पसहरूले सञ्चालन गर्दै आएका स्वायत्त (अटोनोमस) कार्यक्रमलाई पुनः सञ्चालनमा ल्याइने छ । यसका साथै प्रक्रिया पूरा गरी विश्वविद्यालयमा पेश भएका नयाँ शैक्षिक कार्यक्रम तथा विषय थपका प्रस्तावलाई समेत प्राथमिकताका साथ छिट्टै निर्णयमा पु¥याइने उनले बताए ।
‘विश्वविद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार हाम्रो प्रमुख प्राथमिकता हो’, उपकुलपति थापाले भने, ‘प्रक्रिया पूरा गरेर आएका नयाँ विषय थपका निवेदनहरूलाई पनि यथाशीघ्र टुङ्गोमा पुर्याइनेछ ।’
कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले आदिकवि भानुभक्त क्याम्पसको वर्तमान शैक्षिक अवस्था, आर्थिक व्यवस्थापन, भौतिक पूर्वाधार, विद्यार्थी भर्ना, सञ्चालनमा रहेका शैक्षिक कार्यक्रम, भावी रणनीति तथा क्याम्पसले सामना गरिरहेका चुनौतीबारे उपकुलपति र परीक्षा नियन्त्रकलाई विस्तृत जानकारी गराएका थिए ।
छलफलका क्रममा क्याम्पसको शैक्षिक विकास, नयाँ कार्यक्रम सञ्चालन, पूर्वाधार विस्तार तथा विश्वविद्यालयसँगको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान गरिएको बताइएको छ ।
अनुगमन तथा छलफल कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार, उपाध्यक्ष श्रीराम कार्की, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र विश्वेश्वर तिमल्सिना लगायत सञ्चालक समिति, प्राध्यापक तथा क्याम्पसका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
क्याम्पस प्रशासनले उपकुलपति तथा परीक्षा नियन्त्रकको भ्रमणले क्याम्पसको शैक्षिक विकास, नयाँ कार्यक्रम विस्तार तथा विश्वविद्यालयसँगको सहकार्यलाई थप सुदृढ बनाउन सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker