सहकारीद्वारा तोरी मिल सञ्चालन

तनहुँको व्यास नगरपालिका वडा नं ५ स्थित कण्टारमा तोरी मिल सञ्चालन गरिएको छ । वडाको श्री दभुङ चण्डीदेवी वहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याएको उक्त तोरी मिल वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालको सोमबार एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।

सहकारी संस्थाका अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले सहकारीको आयाम वहुआयामिक भएको हुँदा सहकारीले कृषि र उत्पादनमा जोड दिनुपर्ने वताए । उनले समाज रुपान्तरण सहकारीको माध्यामवाट हुने भएकाले सहकारीले आफनो मुल उद्देश्य अनुरुप काम गर्न सुझाए ।

सहकारीले वचत संकलन तथा ऋण दिने मात्र नभई उत्पादन, रोजगारी तथा समाजलाई रुपान्तरण गर्ने गरी काम गर्नुपर्ने वडाध्यक्ष श्रेष्ठले जोड दिएका छन् । व्यास नगरपालिकाको १ लाख ५० हजार अनुदान समेत गरी कुल ५ लाख २५ हजारको लागतमा मेसिन खरिद गरी सञ्चालनमा ल्याइएको सहकारीका अध्यक्ष मोहन कुमार श्रेष्ठले बताए ।

संस्थामा २३८ जना शेयर सदस्य सचिव राजकुमार श्रेष्ठले संचालन गरेको कार्यक्रममा संस्थाका शेयर सदस्यहरु र स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो । संस्थामा २३८ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker