गृह मन्त्रालयको ८ बुँदे परिपत्र, सीडीओ र प्रहरी प्रमुखलाई २४ सै घण्टा कार्यालयमा बस्न निर्देशन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई ८ बुँदे निर्देशन जारी गरेको छ ।

मन्त्रालयले मनसुनजन्य विपद् जोखिमलाई ध्यानमा राखी शनिबार जारी गरेको परिपत्रमा असोज १८, १९ र २० गतेका लागि काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सबै लामो दूरीका सवारी साधन सञ्चालन बन्द गर्न, त्यसको अनुगमन र निगरानी गर्न निर्देशन दिएको छ ।

यात्रु र सडक सुरक्षाका लागि व्यवस्था निर्देशनअनुसार राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था हेरी गन्तव्यसम्म पुर्‍याउने, यात्रुहरूलाई स्थानीय तह र संघसंस्थाको सहयोगमा खानपानको व्यवस्था मिलाउने भनिएको छ ।

एम्वुलेन्स तथा गर्भवती महिलालाई नजिकको बर्थिङ सेन्टरसम्म सुरक्षित रूपमा पुर्‍याउने विशेष व्यवस्था गर्नसमेत निर्देशनमा जोड दिइएको छ ।

बाढी पहिरो जोखिममा रहेका बस्तीका परिवारलाई तत्काल नजिकैको विद्यालय वा खुला स्थानमा स्थानान्तरण गर्नुपर्ने भनिएको छ । साथै, मौसमका कारण उडान स्थगित भएर विमानस्थलमै फर्कन बाध्य भएका यात्रुहरूलाई यातायात व्यवसायीसँग समन्वय गरी गन्तव्यसम्म पुर्‍याउनुपर्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।

बाढी–पहिरोका कारण आकस्मिक उद्धार गर्नुपर्ने अवस्था आए हेलिकप्टरमार्फत उद्धार गर्न गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखासँग सम्पर्क गर्न निर्देशन दिइएको छ ।

निर्देशनमा विपद् प्रभावित जिल्ला प्रशासन प्रमुख, प्रहरी र सुरक्षाकर्मीका प्रमुखलाई २४ सै घण्टा कार्यालयमा उपलब्ध हुने व्यवस्था मिलाउन आदेश दिइएको छ । साथै, सबै प्रगति विवरण मन्त्रालयको विपद् तथा द्वन्द व्यवस्थापन महाशाखामा नियमित पठाउन समेत भनिएको छ ।

गृह मन्त्रालयको यो निर्देशलाई जिल्लास्तरीय प्रशासनले तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने र स्थानीय तहसँगको सक्रिय समन्वयमा विपद् जोखिम न्यूनीकरण तथा उद्धार–राहतको काम अघि बढाउनुपर्ने जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker