देवघाटमा बाँदर आतंक : ९२ वर्षीया वृद्धा गम्भिर घाइते

देवघाट : तनहुँको देवघाटधाम क्षेत्रमा बाँदरले आतंक मचाउने गरेको छ। यहाँका बाँदरले दिनहुँ मानिसलाई आक्रमण गरी घाइते बनाउने गरेका छन् । वर्षौदेखि बाँदर आतंक झेल्दै आएका देवघाटवासीहरूले बाँदर आतंक रोक्ने अनेक प्रयास गरेपनि सफल हुन सकेका छैनन् ।
बाँदरले देवघाटका बासिन्दा तथा अन्यत्रबाट आउने धार्मिक पर्यटकहरुलाई आक्रमण गरी घाइते बनाउने गरेको छ । विहीबार पनि देवघाट टाउनचोक निवासी ९२ बर्षीया पवित्रा पौडेललाई घरको आँगनमै बसिरहेको समयमा आक्रमण गरी गम्भिर घाइते बनाएको छ । सदाजस्तै आफ्नो घर अगाडि बसिरहेको बेला स–साना बाँदरका बच्चाहरूसँगै ठुलो साँढे बाँदर पनि कराइरहेका थिए। सधै लौराले धपाएर भाग्ने बाँदरले आज सिधै बृद्धाआमा माथि जाइलागेको स्थानीयले बताएका छन् । बाँदरले ढाडमाथि बसि कोपर्ने, चिथोदै टोकेर गम्भिर घाइते बनाएको प्रत्यक्ष दर्शिले बताए ।
बिहानदेखि साँझासम्म बाँदरले कतैबाट आएर चिथोर्ने, कोपर्ने र टोक्ने पो हो कि भनि चिन्ता र डरैडरमा हिड्नुपर्ने बाध्यता रहेको स्थानीय रक्षा कार्कीले बताइन । उनले भनिन, ‘अब त बाँटो हिड्दा जो कोहिले एउटा लामो लौरो सहायता लिएर हिड्नुपर्ने बाध्यता आएको छ । लौरो नलिए बाँदरको आक्रमणबाट बाँच्नै गाह्रो हुने अवस्था भएको छ ।’
स्थानीय हरिलाल सापकोटाले बाँदरले बृद्धाआमाको ढाडमा हड्डि निस्कने गरी टोकेको देख्ने बित्तिकै आफू घरबाट छिटोछिटो गई लौराले बाँदरलाई हानि धपाएको बताए । घाइते वृद्धाको देवघाटमै प्राथमिक उपचार गरी थप उपचारका लागि भरतपुर लग्ने तयारी गरिएको उनले बताए । देवघाटको मुख्य समस्याको रूपमा देखिएको बाँदर आतंक रोक्नका लागि स्थानीय सरकारले छिटोभन्दा छिटो समाधान खोज्नुपर्ने स्थानीय उमेश नैनावर्तीले बताए ।
बाँदरको टोकाइबाट हरेक दिन देवघाटमा बृद्धवृद्धा र युवाहरू घाँइते बन्ने गरेका छन् । स्थानीय मात्रै नभई देवघाट पूजाअर्चना गर्न आउने तिर्थालु भक्तजन, घुम्न आउने पर्यटकलाई पनि बाँदरले आक्रमण गरेर घाँइते बनाउने गरेको छ । उनिहरूले ल्याउने गरेको फूलप्रसाद तथा झोला समेत बाँदरले खोसेर दुःख दिने गरेको छ । देवघाटमा बाँदर आतंक रोक्न समिति गठन गरिएपनि समितिले प्रभावकारी रुपमा काम गर्न नसकेको स्थानीयको गुनासो छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker