व्यासको “नगरपालिकाका पदाधिकारीसंग संवाद” कार्यक्रम सुरु

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले नगरवासीको गुनासो सुन्नका लागि ‘नगरपालिकाका पदाधिकारीसँग संवाद’ कार्यक्रम सुरु गरेको छ । नगरपालिकाको कार्यपालिकाले प्रत्येक महिनाको २ गते संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि प्रत्येक महिनाको २ गते संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय बमोजिम बिहीबारदेखि उक्त कार्यक्रम सुरु भएको हो । प्रत्येक महिनाको २ गते ११ः३० बाट सुरु गरिन संवाद कार्यक्रमको पहिलो दिन भने नगरबासीको उपस्थिति भने न्यून रहेको थियो । नगरवासीका गुनासो सुनेर तत्कालै गुनासो सम्बोधन गर्ने उद्देश्यसहित कार्यक्रम शुभारम्भ गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

संवाद कार्यक्रममा उपस्थित नगरवासीले सडक बत्तीको महशुल, सामुदायिक विद्युतीकरणको सुविधा लगायतका विषयमा गुनासो राखेका थिए । नगरवासीको गुनासोलाई सहजिकरण गर्दै नगरप्रमुख न्यौपानेले नगरपालिकाले यस वर्षदेखि लिफ्ट खानेपानीको विद्युत महशुल तिर्ने व्यवस्था मिलाएको बताए । सडकबत्तीको पनि तथ्याङ्क संकलन गरी के गर्न सकिन्छ त्यस विषयमा सोचिने बताए ।

यस्तै, नगरपालिकाले विहीबारबाट सुरु गरेको संवाद कार्यक्रमको पहिलो दिन नगरवासीको अत्यन्तै न्यून उपस्थिति थियो । यो कार्यक्रमको बारेमा जानकारी गराइ धेरैभन्दा धेरै नगरवासीलाई उपस्थित गराउनेतर्फ नगरपालिकाको तर्फबाट प्रचारप्रसार गरिने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । उनले भने, ‘यस कार्यक्रमका विषयमा सबैलाई थाहा नभएर पनि उपस्थिति कम भएको होला, यसलाई प्रचारप्रसार गर्नका लागि सञ्चारमाध्यमको पनि सहयोग लिने योजना बनाएका छौ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker