तनहुँमा ४०औं मगर दिवस मनाइयो

डीपी अधिकारी/डुम्रे

तनहुँका मगर समुदायले विभिन्न कार्यक्रम गरी ४०औं मगर दिवस मनाएका छन् । २०३९ साल फागनु १५ गते स्व. हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिवेशनलाई आधार मानि मगर समुदायले हरेक वर्ष फागुन १५ गते मगर संघ र सम्बन्धित संघ संस्थाले एकता दिवसका रुपमा मनाउँदै आएका छन् ।

मगर संघका संस्थापक महासचिव सुरेश आले मगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाममा गुल्मीको भार्सेमा मगरहरुको पहिलो संगठन बनेको भनिएपनि मगर संघले २०३९ साल फागुन १५ लाई नै संघको स्थापना दिवसको रुपमा मनाउँदै आएको हो । नेपाल मगर संघका पूर्वअध्यक्ष झकबहादुर थापाको निधन भएकाले ४०औं राष्ट्रिय एकता दिवसलाई शोकका रुपमा मनाएको संघले जनाएको छ ।

थापाको यही फागुन ११ गते उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो । दिवसको अवसरमा मगर समुदायको बाहुल्यता रहेका स्थानीय तहले आइतबार र्सार्वजनिक बिदा समेत दिएका छन् । तनहुँको म्याग्दे गाउँपालिकाले दिवशको अवसरमा सार्वजनिक बिदा दिएको थियो ।

४०औं मगर दिवश तथा १४५औं प्रथम सहिद लखन थापा मगर स्मृति दिवशको अवसरमा तनहुँका मगर समुदायले विभिन्न साँस्कृतिक तथा खेलकुदका कार्यक्रम गरी मनाएका छन् । तनहुँको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, बन्दिपुर गाउँपालिका लगायतका पालिकामा विविध कार्यक्रम गरी दिवस मनाइएको छ ।

नेपाल मगर संघ बन्दिपुर गाउँ कार्य समितिले आइतबार बिमलनगरमा एक कार्यक्रमको आयोजना गरी मनाएको हो । कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेश अध्यक्ष सिद्धान्त थापा मगरले मगर समुदायले आफ्नो जातीय संस्कार र संस्कृति जोगाइ राख्न सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

नेपाल मगर संघ बन्दिपुरका अध्यक्ष मुक्ति बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका भूपू कोषाध्यक्ष क्या. डिलबहादुर थापा मगर, नेपाल मगर संघ जिल्ला समन्वय समितिका बादल आले मगर, नेपाल मगर संघ बन्दिपुरका निवर्तमान अध्यक्ष बेनीबहादुर थापा सुस्लीङ मगर, बन्दिपुर-३ का वडा सदस्य खड्कबहादुर थापा मगर, लाङघाली झुरुम बन्दिपुरका अध्यक्ष धपेन्द्र थापा मगर, प्रेमबहादुर थापा मगर, होमबहादुर थापा मगर, बबिता थापा मगर, बन्दिपुर-५ का वडा सदस्य ठाकुरसिंह थापा लगायतले दिवसको महत्वका विषयमा चर्चा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker