विज्ञापन व्यवसायी अर्यालद्वारा चौतारी चितवनको भवन निर्माण आर्थिक सहयोग

 चितवन : प्रेस चौतारी चितवनको भवन निर्माणका लागि समाजसेवी एवम् विज्ञापन व्यवसायी राजेन्द्र अर्यालले आर्थिक सहयोग गरेका छन् । चौतारी चितवनको भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि त्रिकोण एड्भरटाइजिङ्ग प्रा.लि.काठमाण्डौंका प्रवन्ध निर्देशक अर्यालले २५ हजार आर्थिक सहयोग गरेका हुन् ।

विगत ४० बर्षदेखि विज्ञापनको क्षेत्रमा काम गर्दै आएका अर्याल विगत ७ बर्षदेखि चितवनका सामाजिक क्षेत्रमासमेत जोडिएर विभिन्न गतिविधीमा सहभागी हुँदै आएका छन् । भरतपुरको सिजी ल्याण्डमार्कको व्यवस्थापनदेखि पूरानो मेडिकल कलेज भरतपुरको मिडिया क्षेत्रमा काम गर्दै आएका अर्यालले चितवनमा नै पत्रकारहरुको भवन बन्दा आफूलाई खुसी लागेको बताए ।

उनले पत्रकारहरुको क्षमता अभिवृद्धि र संस्थागत विकासमा भवनले टेवा पुग्ने विश्वास आफूले लिएको बताए । चितवन पछिल्लो समयमा राजनीति, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रको हव बन्दै गएको भन्दै अर्यालले पत्रकारहरु पनि सोही अनुसारको दक्ष र प्रभावकारी हुनुपर्ने आफ्नो मान्यता रहेको बताए । उनले प्रेस चौतारीको देश कै पहिलो भवन भरतपुरमा नै बन्नु देशभरका पत्रकारहरुका लागि गर्वको विषय भएको बताए ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले मिडिया क्षेत्रसँग जोडिएर लामो समयदेखि कार्य गर्दै आएका अर्यालको सहयोगले थप हौसला थपिएको बताए । अर्यालले विगतमा पनि सञ्चार सम्वद्ध संघसंस्थाहरुलाई माया र हौसला दिँदै आएको स्मरण गर्दै अध्यक्ष पण्डितले भवनमा विभिन्न क्षेत्रबाट प्राप्त भएको सहयोग प्रति आभार व्यक्त गर्दै आफूहरु उत्साहित भएको बताए । भरतपुर–११ बसेनीमा रहेको ९ धुर जग्गामा चौतारी चितवनको भवनका काम धमाधम भैरहेको छ ।

भवनको दोस्रो तला ढलानको अन्तिम तयारी गरिएको छ । पहिलो तला भित्र फिनिसिङको काम भैरहेको छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत बर्ष वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker