गाउँपालिकाद्वारा गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स-रे सेवा

भञ्ज्याङ समाचारदाता/गोरखा

गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स-रे सेवा प्रदान गर्दै आएको छ ।

गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा-वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फ स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स-रे सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

गाउँपालिकाले पालिकाभित्रका विभिन्न १० स्वास्थ्य संस्थाबाट एक सय ५० गर्भवतीलाई निःशुल्क भिडियो एक्स-रे सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । भिडियो एक्स-रेबाट आमा र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था बुझन सजिलो हुने उहाँले जानकारी दिनुभयो । एम्बुलेन्ससहितको स्वास्थकर्मीको टोली हरेक महिना पालिकाभित्रका गर्भवतीको गर्भवस्थाको परीक्षण गर्न टोल-टोलमा पुग्ने गरेका हुन् ।

“गाउँपालिकाको बोलाई स्वास्थ्यचौकी, महादेवटार आधारभूत स्वास्थ्य सेवा केन्द्र, सहिद स्मृति आधारभूत अस्पतालबाट निःशुल्क भिडियो एक्स-रे सेवा प्रदान गर्दै आएको छ”, उहाँले भन्नुभयो, “त्यस्तै बगुवा स्वास्थ्यचौकी, खान्चोक स्वास्थ्यचौकी, मसेल सामुदायिक स्वास्थ्य एकाइ, ओख्ले आधारभूत स्वास्थ्य सेवा केन्द्र, तान्द्राङ स्वास्थ्यचौकीबाट नियमित सेवा उपलब्ध गराइँदै आइएको छ ।”

गर्भवतीको गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्ने उद्देश्यले पालिकाभित्र नै गर्भवतीका लागि निःशुल्क भिडियो एक्स-रे सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो । ‘प्रोटेबल भिडियो एक्स-रे मेसिन’को प्रयोग गरी स्वास्थ्यकर्मीले वडा-वडामा पुगेर सेवा दिँदै आएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले यो सेवा सुरु गर्नुअघि पालिकाभित्रका गर्भवतीको गर्भावस्थाको परीक्षणका लागि गोरखा अस्पताल पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो । अहिले पालिकाभित्रैबाट प्रत्येक वडामा पुगेर सेवा दिन सुरु गरेसँगै गर्भावस्थामा हुनेसक्ने समस्याको समयमै पहिचान गरी उपचार गर्न सक्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker