एमाले तनहुँद्वारा जिल्लाका १० वटै पालिकामा प्रशिक्षण आयोजना गर्ने

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमाले तनहुँले जिल्लाका दशवटै पालिकामा प्रशिक्षण आयोजना गर्ने भएको छ । जिल्ला कमिटीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै पालिकामा साउन २५ गतेभित्र प्रशिक्षण गर्ने निर्णय गरेको हो ।

बैठकले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम साउन १३ गते आयोजना गर्ने निर्णय गरेको सचिव राजेश्वर ढकालले जानकारी दिए । उक्त प्रशिक्षणमा जिल्ला कमिटीका सदस्य, जिल्ला सल्लाहकार, सबै जनसंगनठका जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, निर्वाचित अध्यक्ष, मेयर, उपमेयर पालिका कमिटीका पदाधिकारी, वडा कमिटीका अध्यक्ष, पालिकाका निर्वाचित कार्यपालिका सदस्य सबै सहभागी हुनेछन् ।

यस्तै साउन २४ गते देवघाटमा, २५ गतेभित्र आँबुखैरेनी, बन्दीपुर, भानु, व्यास, म्याग्दे, शुक्लागण्डकी, घिरिङ र भिमादको प्रशिक्षण हुनेछ । बैठकले सदस्यता नवीकरण अन्तर्गत वैशाखदेखि असारसम्मको लेवी सदस्यता शुल्क, पार्टी कार्यालयमा साउन १५ सम्म दाखिला गर्न सबै कमिटीलाई निर्देशन दिएको छ ।

बैठकले आगामी संघ र प्रदेशको निर्वाचनको कार्ययोजना पदाधिकारीले बनाई जिल्ला कमिटीमा पेश गर्ने निर्णय गरेको छ । जनसंगठन, फाँट र विभागका बैठक साउन मसान्तसम्म गरिसक्न निर्देशन जारी गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker