व्यासनगर अस्पताल शुभारम्भ, भदौदेखि संचालन हुने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले नगर अस्पताको शुभारम्भ गरेको छ । वडा नं. १० स्थित दुम्सीमा शुक्रबार एक कार्यक्रमका बीच व्यासनगर अस्पताल शुभारम्भ गरिएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले रक्तचाप परिक्षण गरी अस्पतालको शुभारम्भ गरेका हुन् । अस्पताल निर्माण कार्यको काम सम्पन्न भइसकेपनि शुक्रबार अस्पतालको शुभारम्भ गरी कोभिड अस्पताल सेवा शुरु गरिएको हो ।

नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको अस्पताल यस अघिको सहरी स्वास्थ्य एकाइमा स्थापना गरेको बताइएको छ । अस्पतालको शुभारम्भ गर्दै नगरप्रमुख न्यौपानले ग्रामीण क्षेत्रलाई लक्षित गरेर नगर अस्पतालको सेवा शुभारम्भ गरेको बताए । अस्पताल सुरुवातसँगै पीसीआर टेष्टका लागि धेरै दिन कुर्नुपर्ने समस्या अब हट्ने उनले विश्वास व्यक्त गरे ।

फोहोर ब्यबस्थापनका लागि ब्यास-१० ले नै सहयोग गरेको हुँदा अस्पताल पनि यसै वडामा ल्याइएको उनले बताए । वडाध्याक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशी, वडा नं. १, २, ५, ७, १२, १३ र १४ नम्बरका वडाध्यक्ष लगायतको सहभागीता रहेको थियो ।

२५ बेड क्षमताको अस्पतालमा हाल ५ बेड तयार भएको र बृहत रूपमा भदौ १ गतेदेखि सञ्चालन हुने बताइएको छ । अस्पताल शुरु भए पनि सबै सुविधा भने शुरु भैसकेको छैन । यस अघि बसेको नगर कार्यपालिका बैठकले अस्पतालका लागि आवश्यक उपकरण टेण्डरमार्फत खरिद गर्ने निर्णय गरेको छ । पिसियार ल्याब छिट्टै संचालन गरिने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker