म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन

  • भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन हुने आयोजनाको शुभारम्भ गरेको हो । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत म्याग्दे गाउँपालिका-४ बाट रोजगार कार्यक्रम शुभारम्भ गरिएको गाउँपालिकाले जनाएको छ । रोजगार कार्यक्रममार्फत उक्त वडाका नौ जनाले रोजगारी पाएका छन् । बेरोजगार सूचीमा सूचीकृत भएकालाई डडुवागाउँको पैदलमार्ग मर्मतमा खटाइएको गाउँपालिकाका रोजगार संयोजक पवीन्द्रकुमार शाहीले बताए । उक्त वडामा बेरोजगार सूचीमा ९९ जना सूचीकृत भए पनि प्राथमिकताका आधारमा नौ जनालाई न्यूनतम सय दिनको रोजगारी प्रदान गरिने शाहीले बताए ।

सात वडा रहेको गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ४४४ जना सूचीकृत भएका छन् । त्यसमध्ये चालु आवमा १५४ ले एक सय दिनको रोजगारी पाउनेछन् । उनीहरुलाई दैनिक रु ५१७ ज्याला उपलब्ध गराइनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई चालु आवमा रु ८० लाख बजेट प्राप्त भएको छ ।

यस्तै, बन्दीपुर गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत साइकल लेन निर्माण भइरहेको छ । गत आर्थिक वर्षदेखि शुरु भएको साइकल लेन निर्माणलाई बन्दीपुर गाउँपालिकाले चालु आवमा पनि निरन्तरता दिएको हो । मुकुन्देश्वरीबाट रामकोट जोड्ने गरी साइकल लेनको काम भइरहेको गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङले बताए । उक्त कामका लागि १५ जनालाई रोजगारी दिइएको छ । गाउँपालिकामा आव २०७७/७८ मा वडा नं १ मा २९, वडा नं २ मा ५६, वडा नं ३ मा ८०, वडा नं ४ मा १४, वडा नं ५ मा ६१ र वडा नं ६ मा १२० जना सूचीकृत भएका छन् । सूचीकृत ३६० मध्ये प्राथमिकता क्रममा परेका अतिविपन्न श्रमिकलाई गाउँपालिकाले नियमित विकास निर्माण कार्यक्रम अन्तर्गतका आयोजनामा परिचालन गरी रोजगारी प्रदान गर्ने गाउँपालिकाका रोजगार संयोजक गुरुङले बताए ।

गाउँपालिकामा चालु आवमा दातृ निकाय र नेपाल सरकारबाट कूल रु ६८ लाख २५ हजार सशर्त अनुदान रकम ज्यालामा खर्च गर्ने गरी विनियोजन भएको छ । गत आवमा जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएको थियो । गत आवमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक मर्मत, नाला निर्माण, सडकपेटी, चौतारा, घरवास निर्माण लगायतका काम गरिएका थिए । रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि सय दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यसअनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षेखि ५९ वर्षम्म उमेर समूहकाले फारम भरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker