वडा कार्यालयको भवन निर्माणका लागि निजी जग्गा उपलब्ध

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं व्यवसायी कृष्णराज पण्डितले वडा कार्यालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका छन् । म्याग्दे गाउँपालिका वडा नं. ३ को कार्यालय भवन निर्माणका लागि आवश्यक पर्ने निजी जग्गा उपलब्ध गराएका हुन् । लालपूर्जा भएको जग्गाका अलावा वर्षौदेखि भोगचलन गर्दै आएको थप जग्गा पनि वडाकै प्रयोजनका लागि हस्तान्तरण गरेका व्यवसायी पण्डितले जग्गा पास गर्न लाग्ने राजस्वसमेत आफैं व्यहोरेका छन्।

हार्डवयर, पेट्रोल पम्प तथा अटोमोबाइल्स व्यवसायमा संलग्न पण्डितले जग्गा अभावमा भवन निर्माण हुन नसकेपछि आफ्नै जग्गा दिने निर्णय गरेको बताए । ‘जग्गा अभावमा भवनको काम नै शुरु हुन सकेको छैन,’ उनले भने, ‘वडाको भवनका लागि बजेट भए पनि जग्गा नभएपछि आफ्नै जग्गा दिने निर्णय गरें ।’

वडाका महिलाहरुको सामुदायिक भवनबाट वडाको काम चलाउँदै आएको र जग्गा प्राप्त भएकाले अब भवन निर्माण प्रक्रिया अगाडि बढाउने वडाध्यक्ष श्रीबहादुर थापाले बताएका छन् । उनले भने, ‘जग्गा नहुँदा अहिलेसम्म वडा कार्यालय बनाउन नसकिएको र अब जग्गा दाता भेटिएपछि आफनै भवन बनाउन काम थाल्नेछौं ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker