भानु जन्मस्थल विकास समितिको प्रथम बैठक सम्पन्न 

भानु : आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घामा भानु जन्मस्थल बिकास समितिको प्रथम बैठक सम्पन्न भएको छ । बिकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले समितिले गरेका कार्यहरुको समीक्षा गर्दै आगामी दिनमा गर्नु पर्ने कार्यक्रमको बारेमा छलफल गरिएको थियो ।
बैठकमा गण्डकी प्रदेश साँसद अशोक कुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका उप–प्रमुख बासुदेव थापा,  भानु नगरपालिकाका नगर प्रमुख एवं निर्देशक समितिका संयोजक आनन्दराज त्रिपाठी, वडा नं ४ का वडा अध्यक्ष अर्जुन बहादुर अधिकारी, वडा नं ५ का वडा अध्यक्ष नहकुल अधिकारी, वडा नं ६ का वडा अध्यक्ष धिरेश खनाल, वडा नं ३ का वडा अध्यक्ष तुल बहादुर गुरुङ लगायत समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।
बैठकले भानुमा साहित्यिक गतिविधिलाई प्राथमिता दिने निर्णय गरेको समितिका कार्यकारी निर्देशक कृपाहरि लौडारीले जानकारी दिए । साथै बैठकले जन्मस्थलको वृहत्तर विकासका लागि पनि पहल गर्ने लगायतका निर्णय गरेको उनले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker