मिर्गौलाका बिरामी व्यास –१४ की रानालाई आर्थिक सहयोग

वाइसीएल नेपाल व्यास नगर कमिटीले दुवै मिर्गौलाका बिरामी व्यास –१४ की १९ वर्षीया खुश्बु रानाको उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ । उपचारका क्रममा रहेकी उनीलाई कमिटीले रु रु दुई लाख सात हजार विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलनगरी सहयोग गरेको हो ।

वाइसीएल केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज ईश्वर बस्याल, गण्डकी प्रदेश सदस्यद्वय बादल आले र एचबी मगर, सदस्यलगायतले खुश्बुका श्रीमान् कोमबहादुर रानालाई संयुक्तरूपमा उक्त रकम शनिबार हस्तान्तरण गर्नुभएको हो । अर्थावस्था नाजुक खुश्बुको उपचारका लागि उक्त रकम सङ्कलन भएको कमिटीका अध्यक्ष निर्दोष भट्टराईले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker