मर्स्याङ्दी कोरिडोर समन्वय समितिद्वारा प्रधानमन्त्रीसंग भेटघाट, सहयोगका लागि आग्रह

भञ्ज्याङन्यूज

मर्स्याङ्दी कोरिडोर अन्तरपालिका समन्वय समितिले प्रधानमन्त्रीसंग भेट गरेको छ । मर्स्याङ्दी कोरिडोर भित्र पर्ने नौ वटा स्थानीय तहहरु मिलेर बनेको समितिका संयोजक भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले प्रधानमन्त्री पुष्पकलम दाहाल -प्रचण्ड) लाई मर्स्याङ्दी उपत्यकाको संयुक्त आयोजना पेश गरेका थिए ।

स्थानीय तहहरुको दिगो र सन्तुलित विकासका लागि आर्थिक, सामाजिक, साँस्कृतिक शैक्षिक तथा भौगोलिक विकासका दृष्टिकोणले विद्यमान सम्भावना र चुनौतिहरुको सामुहिक अभ्यास गरी नतिजा हासिल गर्न नौ स्थानीय तहहरु मिलेर मर्स्याङ्दी कोरिडोर समन्वय समिति गठन गरिएको प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो ।

साझा चुनौती र सम्भावनाहरुको वस्तुगत विश्लेषण गरी सामुहिक उद्देश्य प्राप्त गर्न समय समयमा अन्तरपालिका समन्वयतात्मक छलफल, अन्तरक्रिया र बैठकहरुको आयोजना गरिदै आइएको छ । यस करिडोरको सामारिक महत्व राख्ने तथा समग्र मस्याङ्दी उपत्यकाको समुचित विकास र वृहत्तर हितका लागि यस क्षेत्रका नौवटा स्थानीय तहहरुको सामुहिक निर्णयले केही महत्वपूर्ण विकासका नतिजामूखी योजनालाई रणनीतिक महत्वका साथ प्राथमिकतामा राखिएको नगरप्रमुख त्रिपाठीले प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए ।

मर्स्याङ्दी उपत्यकालाई मानवपूँजिको निर्माण गर्ने सन्दर्भमा तनहुँ, लमजुङ्ग, गोरखा र मनाङ जिल्लाका नागरिकहरुका लागि गुणस्तरीय विशिष्टिकृत सेवा सहितको सुविधा सम्पन्न अस्पताल एवं शिक्षण अस्पतालको अभाव भएको तथा आर्थिक विकासको दृष्टिकोणबाट सम्भावना बोकेको औद्योगिक कोरिडोरको स्थापना र विकास गर्न समेत अत्यावश्यक रहेको समितिले प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो ।

प्राकृतिक सौन्दर्यताको अनुपम क्षेत्र पर्यटकीय दृष्टिकोणबाट राष्ट्रकै उत्कृष्ट गन्तव्यहरुको सूचीमा परेको मर्स्याङ्दी कोरिडोर, पर्यटन पूर्वाधार तथा पर्यटन प्रवर्द्धन समेत यस उपत्यकाको परिवर्तन पर्यायको रुपमा अनुभूत गरिएको हुँदा संघीय सरकारले यथोचित सहयोग र सहकार्य गर्न समितिले आग्रह गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ का लागि संघीय योजना तर्जुमा गर्ने चरणहरु प्रारम्भ भई रहेको सन्दर्भमा मर्स्याङ्दी उपत्यका (कोरिडोरका) स्थानीय तहहरुको करिब चार लाख नागरिकको प्रत्यक्ष सरोकार तथा कोरिडोर क्षेत्रको सन्तुलित विकास एवं प्रतिफलमूखी आयोजना र परियोजना प्रधानमन्त्री समक्ष पेश गरिएको छ ।

मादी-मर्स्याङ्दी कोरिडोर लमजुङग,गोरखा, तनहुँ, मनाङ हुँदै गण्डकी प्रदेश पोखरा जोड्ने मोटर मार्ग, मर्स्याङ्दी नदीमा मोटरेबल पुल, भानु साहित्य उद्यान निर्माण, पालुङ्गटार विमानस्थल निर्माण तथा पुनःसंचालन, विद्युत सब-स्टेशन निर्माण, सुविधा सम्पन्न बहुमुखी क्याम्पस स्थापना, डुम्रे-वेसिशहर-चामे सडकको स्तरोन्नती बाँकी खण्ड निर्माण आयोजना, बन्दिपुर-छिम्केश्वरी-भानु जन्मस्थल-लिगलिगकोट-राइनसकोट दोर्दी भीम पोखरा-धारापानी-मनाङ्ग-थोरोङ्गपास हुँदै मुस्ताङ्ग र राष्ट्रिय मापदण्ड अनुरूपको रंगशाला निर्माण आदि कार्यक्रम समितिले प्रधानमन्त्री समक्ष पेश गरेको छ ।

प्रधानमन्त्री दाहालले मर्स्याङ्दी कोरिडोर अन्तरपालिका समन्वय समितिसंगको भेटघाट तथा छलफल प्रति खुशी व्यक्त गर्दै समितिको कार्यक्रमहरुलाई नियमित तर्फको कार्यक्रमलाई पूर्णता दिने र नयाँ कार्यक्रमहरुलाई प्राथमिकताका आधारमा सम्भव भएसम्म सम्बोधन गर्ने बताएका छन् । भानु नगर प्रमुख एवं मर्स्याङ्दी कोरिडोर अन्तरपालिका समन्वय समितिका अध्यक्ष त्रिपाठीले समितिको तर्फबाट प्रधानमन्त्री दाहाल र अर्थ मन्त्री वर्षान पुनलाई भानुको चिनारी बिर्के टोपी लगाइदिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker