डेढगाउँ–झ्यालबास सडक, तीन खण्डमा रु ७३ करोडको बढीको लागतमा काम

त्रिवेणी (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डेढगाउँ–झ्यालबास सडकको तीन खण्डमा रु ७३ करोड बढीको लागतमा निर्माणको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको लागतमा तीन खण्डमा करिब २६ किलोमिटर सडकको काम विभिन्न चरणमा चलिरहेको पूर्वाधार विकास कार्यालय नवलपुरमा प्रमुख कृष्ण आचार्यले बताउनुभयो ।
गण्डकी प्रदेशले गौरवको योजनामा राखेको कोरला–त्रिवेणी सडक खण्ड अन्तर्गत नवलपुरको डेढगाउँ–झ्याबास सडकको तेस्रो खण्डमा हालै रु १४ करोड ९९ लाख ९६ हजार पाँच सय २८ को लागतमा काम अघि बढेको लागेको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख आचार्यले बताउनुभयो । करिब पाँच किलोमिटर सडक निर्माण गर्ने गरि काम अघि बढेको उहाँले बताउनुभयो ।
डेढगाउँ–झ्यालबास सडकको पहिलो खण्डमा १४ किलोमिटर सडक निर्माण, पक्कि नाला बनाउने काम, टेवा पर्खाल लगाउने र कालोपत्र गर्ने तयारीसहितको  भइरहेको कार्यालय प्रमुख आचार्यले बताउनुभयो । विस २०७९ वैशाखमा सम्झौता भएर पहिलो खण्डको निर्माणको काम चलिरहेको छ । पहिलो खण्डको लाग रु ३२ करोड २० लाख रहेको छ ।
यसै सडकको दोस्रो खण्डमा सात किलोमिटर सडक निर्माणको काम चलिरहेको छ । रु २५ करोड ८६ लाख ९४ हजारको लागतमा यस खण्डमा विस २०८१ वैशाखमा सम्झौता भएर काम चलिरहेको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।
नवलपुरको उत्तरतर्फ डेढगाउँबाट प्रारम्भ हुने यस सडक रुचाङ–झ्यालबास हुँदै चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ । डेढगाउँदेखि झ्यालबाससम्म ४१ किलोमिटर मध्य हाल तीन खण्डमा गरेर करिब २६ किलोमिटर क्षेत्रमा काम अघि बढिरहेको छ । गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको योजना भएकाले क्रमश सबै खण्डको काम अघि बढ्ने कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।
झ्यालबासदेखि चोरमारासम्म नौ किलोमिटर सडक यस अघिनै निर्माण सम्पन्न भएको छ । चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने यस सडक दुम्किबासबाट त्रिवेणी पुर्याउने प्रदेश सकारको लक्ष्य रहेको छ । तर दुम्किबास–त्रिवेणी खण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै पनि काम अघि बढ्न सकेको छैन ।
यो सडक नवलपुरको डेढगाउँमा कालिगण्डकी करिडोरमा जोडिन्छ । डेढगाउँबाट भिमाद–खैरेनिटार हुँदै यस सडकले प्रदेश राजधानी पोखरासमेतलाई जोड्दछ । मुस्ताङको कोरलादेखि नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस सडकलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker